ज्योतिष जगत्मा प्रश्न शास्त्र र मुहूर्त

तात्कालिक आकाशमा गतिशील ग्रह, नक्षत्रादिका आधारमा गरिने अध्ययन प्रश्न शास्त्रसँग सम्बद्ध छ । प्रश्न शास्त्रले तत्कालको फल बताउँछ । प्रश्नकर्ताले गरेको प्रश्नको तुरुन्त उत्तर प्रश्न शास्त्रका आधारमा दिनुपर्ने हुन्छ । प्रश्न सोध्ने व्यक्तिद्वारा उच्चारित अक्षर र समयका आधारमा फल बताउने पद्धतिलाई समान्यतया प्रश्न शास्त्र भनिएको पाइन्छ । यसमा प्रश्नाक्षर सिद्धान्त, प्रश्नलग्न सिद्धान्त र स्वरविज्ञान सिद्धान्त प्रसिद्ध छन् । ९ सय १० प्रश्नकर्ताले पहिलोपटक उच्चारण गर्ने अक्षरका आधारमा उत्तर दिने प्रश्नाक्षर पद्धति, ९ सय २० प्रश्नकर्ताले प्रश्न सोधेको समयका आधारमा निर्धारित प्रश्नलग्न सिद्धान्त र ९ सय ३० प्रश्नकर्ताको स्वरका आधारमा निर्धारित स्वरविज्ञान सिद्धान्तका आधारमा फल बताइन्छ । शकुनको महत्व आफ्नो ठाउँमा छँदै छ ।

आकाशीय संकेत

जन्मकुण्डली हुनेहरूका लागि पनि प्रश्न ज्योतिषको उपयोग गर्न सकिन्छ । वस्तुतः फलादेश गर्नका लागि आवश्यक विभिन्न विधामध्ये लग्नकुण्डली, चन्द्रकुण्डली, सूर्यकुण्डली, गोचरस्थिति, नवांशआदि अंशकुण्डली, ग्रहयोग, भावकुण्डली, देशगत र सामयिक पक्ष, प्रश्नकर्ताको मनःस्थिति र आफ्नो अन्तरात्माको आवाज, निजी साधनाको बल, मनोयोगसमेतलाई विचार गरेर मात्र शुभाशुभ फलादेश गर्नुपर्छ । प्रश्नविश्लेषण पद्धतिले प्रश्नको उत्तर दिने शैलीलाई व्यवस्थित र क्रमबद्ध बनाएको हुन्छ । एकाग्रता एवं सिद्धिले यसलाई सत्यको नजिक पु¥याउन सहयोग पु¥याउँछ । व्यक्तिको आकृति, हाउभाउ, हिँडाइ, चालढाल, बोलीवचन, नाक, आँखा, दाँत, मुखको भावभंगी आदिबाट पनि उसको मनमा रहेको चिन्तन वा विचलन थाहापाउन सकिन्छ ।

प्रश्नकर्ताले दैवज्ञप्रति विश्वासपूर्वक फल पुष्पादियुत पूर्ण पाणी भएर स्थिर चित्तका साथ दैवज्ञसँग प्रश्न गर्नुपर्छ । प्रश्नकर्ताले एकपटकमा एउटा मात्र प्रश्न सोध्नुपर्छ । यदि, धेरै प्रश्न सोधेमा क्रमशः लग्न, चन्द्र, सूर्य, गुरु आदिलाई केन्द्रमा राखेर उत्तरोत्तर प्रश्नको उत्तर दिनुपर्छ । सत्य फलकथन गर्नसक्ने दैवज्ञको लक्षण सम्बद्ध विषय ज्ञानका साथै उसको स्वरूप, स्वभाव, वाणी, पवित्रता, प्रतिभा, सात्विकता, सत्यवाक, कुशल, अव्यसनी विवुधार्चन व्रतोपवास आदियुत हुनुपर्छ भनी बताइएको छ ।

मुहूर्त संकेत
प्रत्येक नेपाली व्यक्ति र यहाँको समाजले ज्योतिष शास्त्रलाई आत्मसात् गरेको पाइन्छ । गर्भाधानदेखि पुंसवनर सीमन्तोन्नयन गर्भमै रहेका बखतमा माता पिताले गर्भस्थ भ्रुणको सुस्वास्थ्य, सद्भाव, सत्कर्मप्रतिको उत्प्रेरणा र सकुशल प्रसवका साथै सफल जीवनका लागि गरिने संस्कार हुन् । त्यसैगरी, जन्मेपछि तत्काल गरिने जातकर्म संस्कार, छैठौं दिनमा गरिने छैठी, त्यसपछि गरिने नामकरण संस्कार, क्षौरकर्म, व्रतबन्ध र विवाह आदि विभिन्न संस्कार छन् । ती सबै शुभकर्म गर्नका लागि शुभ मुहूर्त हेर्न ज्योतिष शास्त्रको सहयोग लिनुपर्छ । त्यसबाहेक उसले आफ्नो जीवनमा गर्ने जति पनि धर्म, यज्ञ, अनुष्ठान आदिका लागि पनि शुभ मुहूर्त हेर्न ज्योतिष शास्त्रको खाँचो पर्छ । साथै, जीवनमा आउने आरोहअवरोह जान्न र त्यसबाट मुक्तिका लागि उपाय थाहा पाउन तथा त्यस्ता उपाय गर्ने मुहूर्त जान्न पनि ज्योतिष शास्त्रकै अनुसरण गर्नुपर्छ । संस्कारहरूमा, सकाम यज्ञारम्भमा, सामाजिक शुभकार्यारम्भमा, नवीन कार्यारम्भमा र यात्रा आदिमा मुहूर्त हेर्ने गरिन्छ ।

विलुप्त हुँदैगएको स्वत्व
यसमा पछिल्लो समयमा देशको शिक्षा नीति र जीवनशैलीमा आएको परिवर्तनले गर्दा आफ्नो मूल शिक्षाबाट नेपालीहरू क्रमशः बञ्चित हुँदै गएको अवस्था छ । यस प्रवृत्तिले गर्दा सृष्टि जगत्कै समृद्ध मूल शिक्षा र परम्पराको मूल थलो नेपालको आफ्नो गौरवपूर्ण इतिहास विलुप्त हुने क्रमतर्फ उन्मुख हुँदै छ । यद्यपि, कतिपय गुरुकुल, आश्रम, मठ, पीठ, देवालय तथा अन्य विभिन्न समूह उपसमूहमार्फत केही आशा लाग्दा सुरुवात नभएका होइनन् । त्यसमा हामीले पनि यथा सम्भव सहयोग गरेर त्यस्ता संस्थालाई प्रबद्र्धन गर्नुका साथै अब आफ्नो मूल जीवनशैली र धरोहरलाई संरक्षण गरेर हाम्रो गौरवपूर्ण इतिहासलाई जीवन्त बनाउनुपर्छ । विश्लेषित परिस्थितिमा आजको दिनसम्म नेपालमा हामीले ज्योतिषको प्रयोग स्थूल रूपमै भए पनि प्रशस्त गरिरहेका छौं । तीमध्ये केही प्रतिनिधिमूलक उदाहरणहरू यहाँ बुँदागत रूपमा प्रस्तुत छन् ।

यस साताका लागि वर्तमान आकाशको केही परिदृश्य र तिनका फलसंकेत यस प्रकार रहेका छन्

प्रमुख व्यक्तिको वाणीमा संयमको कमी आदिले गर्दा देशको अर्थ व्यवस्थापन र नागरिकका समस्या तत्काल समाधान दिनेगरी सकारात्मक प्रभाव पार्नसक्ने देखिँदैन । तापनि, केही समाधानका लक्षण सूत्रपात हुने र दीर्घकालिक चिन्तनले ठाउँ पाउने देखिन्छ । विगतको तुलनामा समयमा गतिशीलता थपिने संकेत छ । मुलुकको प्रमुख मार्ग सहज हुनेतर्फ अग्रसर हुँदै छ । मुलुकले सकारात्मक मोड लिँदै छ । तरल पदार्थ सम्बद्ध उद्योग, औषधिजन्य उत्पादन व्यवस्थापन र हाइड्रोतर्फ आकर्षण बढ्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी