नेपाल र रोमानियाबिच श्रम सम्झौता

काठमाडौं । कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि बल्ल युरोपियन मुलुक रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुबि शुक्रबार नेपाल र रोमानियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आप्रवासी कामदारले रोमानियाको नागरिक सरह सुविधा पाउने

नेपाल र रोमानियाबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबिच श्रम सम्झौता भएको श्रम मन्त्रालयले जनाएको छ ।

यस श्रम सम्झौताअनुसार अब नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्नु हुनेछ ।

यसैगरी, रोमानियामा नेपाली श्रमिकका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नुका साथै महिला श्रमिकलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारीलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखिने छ ।

दुई देशबिच समझदारीपत्रमा हस्ताक्षर भएको सो कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, रोमानियाका लागि वाणिज्यदूत नवराज पोखरेलको सहभागिता थियो ।

यस नयाँ सम्झौतापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषय र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावक’bout प्रस्तुत गरेका थिए । रोमानिया पक्षबाट नेपाली कामदारको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्वता व्यक्त भएको थियो ।

सो कार्यक्रममा उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शीरूमा कामदारको छनोट तथा छोटो अवधिमा कामदार ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्ने रोमानियाका प्रतिनिधिले बताएका थिए ।

दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सिप जस्ता विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति भएको मन्त्रालयले जनाएको छ ।

सोही कार्यक्रममा रोमानियामा कार्यरत रहेका कुनै पनि आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी रोमानियाले गराएको छ ।

दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबिच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ सो समझदारी पक्षमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपाली कामदारको रोजगारदाता श्रम गन्तव्य मुलुकका रूपमा रोमानिया पनि आकर्षण बन्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाममा चुनावी सरगर्मी : मेयरमै दर्जनभन्दा बढी आकांक्षी