काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफुहरुले गरेको संघर्षका कथाहरु पुस्तकको रुपमा आउँदा निकै खुसी लाग्ने गरेको बताएका छन् । शनिबार काठमाडौंमा एक समारोहबीच माओबादी नेता राम कार्की ‘पार्थ’द्वारा लिखित पुस्तक ‘विकल्पः समता, समाजवाद र मुक्त दुनिया’ लोकार्पण गर्दै उनले यस्तो भनाई राखेका हुन् ।
प्रधानमन्त्रीद्वारा शहीद र बेपत्ता परिवारका १२ जना किशोर–किशोरीलाई पुस्तक हस्तान्तरण गरी पुस्तक एकसाथ लोकार्पण गरिएको थियो । बुकहिलले प्रकाशन गरेको यस पुस्तकको मूल्य ७०० रुपैयाँ रहेको छ ।
कार्यक्रममा दाहालले अहिले कुनै पनि व्यक्ति, संस्था, समूहकै बीच विचारको खडेरी परिरहेका छ भने । यस्तो बेला राम कार्कीको यस पुस्तकले बनेका विचार परिवर्तन भैरहनुपर्ने र त्यसका लागि नयाँ विचारले व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा सघाउ पु¥याउने बताए,‘पहिले सर्वहारा वर्गको प्रतिनिधित्व गरेर नेतृत्व गरें, अहिले दलाल पुँजीपतिहरूको चाकडी गरेर सरकारको नेतृत्व गरेजस्तो देखिन्छ ।’
पुस्तकको समीक्षा गर्दै लेखक एवम् वामपन्थी विश्लेषक झलक सुवेदीले भने,‘राम कार्कीको यस पुस्तकले समग्र कम्युनिष्ट पार्टीहरू उत्थान, पतन र नयाँ वैचारिकीका निम्ति रिफ्रेन्सको रूपमा काम गर्ने छ । नेपाली कम्युनिष्टको आरोह अवरोह र विचारलाई पुस्तकमा ससक्त रुपमा समेटिएको छ ।’
यो पुस्तक लेखेको लेखक कार्कीले समाजमा विचारलाई मर्न नदिन र विचार अनि सिद्धान्तले समाजलाई जिवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको बताए ।