Saturday, June 6, 2020
Home Editor-Picks लकडाउनमै उडे १४ सय ७४ विदेशी

लकडाउनमै उडे १४ सय ७४ विदेशी

नेपाली ध्वजावाहक विमान पहिलोपटक अस्ट्रेलिया उड्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमणको सन्त्रास कायम रहिरहेका बेला केही शक्तिशाली राष्ट्रले नेपालमा रहेका आफ्ना नागरिकलाई धमाधम विमान चार्टर गरेर स्वदेश फिर्ता लगिरहेका छन् ।

सरकारले ११ चैतबाट नेपालमा ‘लकडाउन’ घोषणा गरेर अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको भए पनि शक्तिशाली मुलुकहरुले नेपालमा रहेका आफ्ना नागरिकलाई विमान नै चार्टर गर्दै फिर्ता लाँदै गरेका हुन् । सरकारले पुनः ३ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

‘लकडाउन’ पछि बुधबारसम्म यसरी पाँच उडानमार्फत जर्मनी, फ्रान्स, अमेरिका, अस्ट्रेलियाले गरी नेपालबाट १ हजार ४ सय ७४ आफ्ना नागरिक फिर्ता लगेका छन् ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बुधबारसम्म पाँच उडानमार्फत विदेशीहरु स्वदेश फर्किएको बताए ।

‘लकडाउनपछि पाँच अन्तर्राष्ट्रिय उडान भएका छन्, यसबीचमा जर्मनी, फ्रान्स, अमेरिका, अस्ट्रेलियाले आफ्ना नागरिकलाई लगेका छन,’ विभागका महानिर्देशक केसीले राजधानीसँग भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले यसरी आफ्ना नागरिक लैजान जर्मनीले दुई उडान गरेको जानकारी दिए । उनका अनुसार जर्मनीले एक उडानमा ३ सय ७ जना र अर्को उडानमा ३ सय ३ जना फिर्ता लगेको छ ।

यस्तै, फ्रान्सले चार्टर विमानमार्फत ३ सय ५ जनालाई फिर्ता लगेको छ भने अमेरिकाले ३ सय २ जना लगेको छ । यसैगरी, बुधबार मात्रै अस्ट्रेलियाले एक उडानमार्फत २ सय ५७ जना आफ्ना नागरिकलाई फिर्ता लगेको हो । यसैगरी, चीनले समेत बिहीबारसम्म आफ्ना नागरिक लैजाने तयारी गरेको छ ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेन सहरका लागि उडेको हो । काठमाडौंबाट साँझ ६ बजे उडेको सो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण गर्नेछ भने त्यहाँबाट ब्रिस्बेनतर्फ लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो जहाजमा अस्ट्रेलिया र न्युजिल्यान्डका गरी २ सय ५७ जना यात्रु रहेका छन् ।

अस्ट्रेलियामा पहिलोपटक नेपाली जहाज ओर्लन लागेको हो । अस्ट्रेलियाबाट भने जहाज रित्तै आउनेछ ।

(Visited 117 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

दुबईबाट रित्तै हात फर्किएका भन्छन्, ‘आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ’

भक्तपुर । राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो...

वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

हेटौँडा । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको...

भर्खरै

नवलपुरको बालमैत्री नगरपालिकामै १६ बर्षीया सुत्केरीको मृत्यु

नपलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ बर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ । देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो । देवचुली नगरपालिका...

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा सुत्केरी भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । जेठ २३ गते डडेल्धुरा अस्पताल डडेल्धुरामा नवदुर्गा गाउपालिका वडा नं. ४...

बर्दियामा एकैदिन २८ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

बर्दिया । बर्दियामा शनिबार एकै पटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)