मुम्बई फिल्म फेस्टिभलमा नेपालका ‘द रेड सुटकेस’ र ‘गुराँस’ प्रतिस्पर्धामा

काठमाडौँ । चलचित्र ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित यो फिल्मसँगै फेस्टिबलमा सोमबार सार्वजनिक लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको आयोजक पक्षले जनाएको छ ।

आइसफल प्रोडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । सौरभ राई निर्देशित ‘गुराँस’ पनि यही विधामा प्रतिस्पर्धी रहेको छ । यो फिल्मलाई पनि आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

लो आइक्यू प्रडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपीसमेत निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको फिल्म हो । ‘गुराँस’को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउस एसियन प्रिमियर सम्पन्न भएको थियो ।

यही अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो साल २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । फेस्टिभलमा ४० वटा वल्र्ड प्रिमियर,४५ वटा एसिया प्रिमियर, ७० वटा साउथ एसिया प्रिमियर हुनेछन् । फेस्टिभलमा उद्घाटन र समापनमा देखाइने फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

आफूले निर्माण गरेका दुवै फिल्म फेस्टिभलमा छनौट भएकोमा निर्माता पोखरेलले प्रशन्नता व्यक्त गरेका छन् । उनले एउटै विधामा आफ्ना दुई फिल्म प्रतिस्पर्धामा रहनु दोहोरो खुसीको कुरा भएको बताएका छन् । ‘यो प्रतिस्पर्धाभन्दा पनि प्रतिनिधित्वको कुरा हो । यसलाई मैले राम्रा फिल्ममार्फत् नेपालको प्रतिनिधित्व भएको अर्थमा बुझेको छु,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म