Saturday, June 6, 2020
Home भर्खरै घरमै श्रीरामको पुजा गरी रामनवमी मनाइयो

घरमै श्रीरामको पुजा गरी रामनवमी मनाइयो

ललितपुर । घरघरमा भगवान श्रीरामको पुजाआजा गरी राम नवमी पर्व बिहीबार मनाइँएको छ । सरकारले जारी गरेको लकडाउनका कारण ब्यक्तिहरु आआफ्ना घरबाट बाहिर निस्कन नपाए पनि घरघरमा भगवान रामको स्थापना गरी पुजा आजा र व्रत बसेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण सरकारले संक्रमणको खतरालाई मध्यनजर गर्दै लकडाउन गरेको हो । कतिले भगवान रामको मुर्ति तथा तस्वीरलाई पुजा आजा गरेका छन् ।

रामनवमीमा घरघरमै व्रत बसी रामगीता पाठ, अध्यात्म–वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गरेका छन् । यस्तै रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ । नवमीको व्रत बसी राम महिमा भएको ग्रन्थकोे पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ ।

हिन्दू धर्मालम्वीहरुले श्रद्धा र भक्तिपूर्वक रामको पूजा आराधना गरि हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन यो पर्व मनाउने गर्दछन् । मर्यादा पुरुषोत्तमका नामले पनि चिनीने रामको जन्म भएको दिनको संझनामा देशभरि श्रद्धा र भक्तिपूर्वक रामको पूजा, आराधना गरी यो चाड मनाउने गरिन्छ ।

असुर एवं अत्याचारी रावणमाथी विजय प्राप्त गरेका श्रीरामको सम्झनामा देशैभरका रामका मन्दिरमा पूजापाठ गरिएको छ । लकडाउनका कारण भक्तजनहरु राम मन्दिरमा जान नपाएपनि उनीहरुले घरघरबाटै भगवानलाई स्मरण गरे र्। लकडाउनका कारण राम मन्दिरमा गएर पुजा पाठ गर्न सक्ने अहिलेको अवस्था छैन , बडिखेलकी काली आचार्यले भनिन्, मन्दिर जान नसकेपछि घरमै रामको पुजा गरेर भगवानलाई सुख शान्ति र कोरोनाकोे रोगब्याधी हटोस् भन्ने कामना गरेको छु ।
अघिल्ला वर्षमा देशभरका राममन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्ने भक्तजनको भीड लाग्ने गरेकोमा यसपाली भएन । ती मनिदरका पुजारीले मात्र पूजा गरेका छन् । कति मन्दिरमा भक्तजनलाई यसपाली नआउन अनुरोध सहित सूचना नै टाँसिएको थियो ।

भगवानलाई ध्यान गर्न मन्दिरै जान नपर्ने धर्मशास्त्रविद् एवं नेपाल पन्चाङ्ग निर्णायक समितीका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् र्। भगवानको भावना मनमा हुनुपर्छ , उनले भने , पीतृलाई वाक्य चाहिन्छ भने भगवानलाई मनले संझे पुग्छ , अहिलेको अवस्थामा भिड गरेर बाहिर मन्दिरमा जानुभन्दा घरमै बसेर विश्व कल्याण र कोरोना भाइरसको मुक्तिका लागी श्रीरामचन्द्रसँग काम गर्नु उत्तम हुन्छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा रामको मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह भएको थियोृ । संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेका उनले आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणमा उल्लेख छ । आफ्ना जनताको आशंका भेट्न पवित्र नारी सीतालाई उनले अग्नीपरिक्षा दिन बाध्य तुल्याउका थिए ।

रामायणमा हनुमानसँगको प्रेम, सवरीको जुठो खाएको प्रसङ्ग , किस्कीन्दाका राजा बालीलाई मारेर सुग्रिवलाई राजा बनाउँदै मित लगाएको प्रसङ्ग रामसँग जोडिएका छन् । यसैगरी चौध वर्ष बनवास गएको, भाइहरु भरत र लक्ष्मणसँगको माया, रामभन्दा पनि रामको नाममा आएको शक्ति, पुत्र लभ र कुससँगको संवाद आदी पनि रामायणमा उल्लेख छ ।

भगवान विष्णुका दश अवतार मध्येका सातौँ अवतारका रुपमा भगवान रामले लिने गरिएको पुराणहरुमा उल्लेख छ । समाजमा ब्याप्त अन्याय र अत्याचारका निम्ति सुब्यवस्था कायम गर्न विष्णुले मच्छ, बराह, कुर्म, नृसिंह, वामन, राम, परशुराम, कृष्ण र बुद्धको अवतार लिइसकेको धर्म गन्थ्रमा उल्लेख छ ।

(Visited 42 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

धनगढीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

धनगढी, २४ जेठ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)