एमाले काठमाडौं महानगर कमिटीले चंगा उडान प्रतियोगिता गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौं महानगर कमिटीका महानगर स्तरीय जनसंगठनहरुको संयुक्त पहलमा महानगरस्तरीय चंगा उडान प्रतियोगिता हुने भएको छ । नेकपा एमाले काठमाडौं महानगर कमिटीको बैठकको निर्णयबमोजिम सो प्रतियोगिता हुन लागेको हो ।

अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संवत ११४४ न्यूदँया भिन्तुना, नयाँ वर्ष तथा छठको अवसरमा २०८० असोज २८ गते सो कार्यक्रम हुन लागेको हो ।

विगतमा चंगा र किसानको परम्परागत सांस्कृतिक सम्बन्ध रहेको अखिल नेपाल किसान महासंघले जनाएको छ । प्रतियोगिताका लागि समयमै नाम दर्ता गर्नसमेत आयोजकले अनुरोध गरेको छ ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयाले एमाले पुनर्जागरण भएको कुरा व्यवहारमा देखिने गरी काम गर्नुपर्ने बताए । उनले भने, ‘नेकपा एमाले आगामी २०८४ मा हरेक वडा र पालिकामा ५१ प्रतिशत हुनुपर्छ भनी लागिपरेका छौँ ।’

महानगर कमिटी अध्यक्ष निर्मल देउलाले भूमिहीन भूमिहीनहरुको मुद्दा उठाएपछि सरकारले निवेदनका लागि आह्वान गरेको बताए । उनले नेकपा एमालेले लम्कीस्किन,भूमिहीनका समस्या उठाउँदै अएको बताए । महानगर कमिटीले लम्पीस्किन’bout सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा प्रदर्शन गरेको थियो । सोहीको प्रभावमा सरकारले किसानलाई क्षतिपूर्तिसमेत दिएको थियो ।

नेकपा महानगर कमिटीले कामनपा वडा नम्बर १३ मा जननेता मदनभण्डारीको ७२ औँ जन्मोत्सवको अवसरमा कालीमाटी टंकेश्वर क्षेत्रको विष्णुमति करिडोर टेकुमा वृक्षरोपण गरेको छ ।

कमिटीले अखिल नेपाल महिला पहिलो अधिवेशनको अवसरमा झाँकीसहित स्थानीय बाजागाजा तथा झाँकी प्रस्तुत गर्दै अएको छ । महानगर कमिटी जनताका समस्या समाधानका सदैव अग्रणी स्थानमा रहँदै आएको छ । पूर्वसांसद तथा काठमडौं जिल्ला सचिव राजेश शाक्यले संगठन चलायमान हुनुपर्ने बताए ।लक्ष्य प्राप्तिका लागि आफैँले आफूलाई मूल्यांकन गरेर अघि बढ्नुपर्ने उनले बताए ।
उनले भने, ‘संगठन चलायमान बनाउनका लागि नियमित बैठक बस्ने गरौँ । लक्ष्य प्राप्तिमा लागि स्वमूल्यांकन गरी अघि बढ्नुपर्छ ।’

यस्ता छन्, चंगा चैट खेलका नियम
१.१०० जना मात्रै प्रतियोगीलाई सहभागी गराइने,
२. लट्टाइ र धागो आफैँले ल्याउनुपर्नेछ,
३. नाइनल र सिलिकनको धागो लैजान नपाइने
४.आयोजकले नै चंगा उपलब्धा गराउने, आफैँले ल्याएको चंगालाई मान्यता नदिने,
५. प्रतियोगीहरुको नाम र ठेगाना २७ गतेभित्र दिनुपर्ने,
६. प्रतिस्पर्धाका लागि समय १५ मिनेट मात्रै हुनेछ,
७. एक पटकमा १० प्रतियोगीहरुलाई मात्र सहभागी गराइने, जसबाट एकजना मात्रै छानिने,
८. छानिएकामध्येबाट अन्तिम राउन्ड चंग उडान गरिने ,
९. अन्ति प्रतिस्पर्धाबाट प्रथम, द्वितीय र तृतीय छनोट गरिने ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलैयामा मनोनयन प्रक्रिया सुरू