मरिण गाउँपालिकामा विवाह गर्न अनुमति लिनुपर्ने

सिन्धुली । अब जिल्लाको मरिण गाउँपालिकामा विवाह गर्न स्थानीय तहसँग अनुमति लिनुपर्ने भएको छ । आगामी मंसिर १ गतेबाट लागु हुने गरि उमेर प्रमाणित गरि अनुमति लिएपछि मात्र युवायुवतीले विवाह गर्न पाउने भएका हुन ।

गाउँ कार्यपालिकाले विवाह गर्नुपूर्व बेहुला र बेहुलीकै वडा कार्यालयबाट उमेर एकीन गरि प्रमाणित गर्नुपर्ने छ । वडाले विवाह गर्न उमेर पुगेको सिफारिस गरेपछि मात्र विवाह गर्न पाईने छ ।

बालविवाहको रोकथामका लागि गाउँपालिकाले उक्त निर्णय गरि सूचना जारी गरेको हो । बालविवाहमा गाउँपालिकामा बालविवाहलाई शुन्यमा पु¥याउन यो नीति अबलम्बन गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले बताएकी छिन । उनले बालविवाह न्युनिकरण गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताईन ।

बालविवाह न्युनिकरणका लागि पालिकाले कडा कार्यक्रमहरु ल्याउने समेत बताईन ।

बालविवाह न्युनिकरणका लागि यस अघि नै गाउँपालिकाले विवाह अघि स्नातक तह उत्तिर्ण गर्ने गाउँपालिकाभित्रका महिलाहरुलाई एक लाख रुपैयाँ पुरस्कार दिन सुरु गरिसकेको छ ।

छात्राहरुको पढाईलाई निरन्तता दिन र बाल विवाह हुन नदिन कक्षा ११ मा भर्ना भएका किशोरीहरुलाई साईकल उपहार दिने कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको छ ।

गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम समेत गरिरहेको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ) बमोजिम महिला र पुरुषको उमेर २० (बीस) वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा