संखुवासभाको भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलाको टेलिफोन सेवा एक साता देखि अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुदाँ भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

मकालु गाउँपालिका–५ को माङ्सिमाको भाटभटेनी डाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिए पछि सञ्चारसेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुदाँ भोटखोला –१ किमाथाङ्का बाहेक सबै वडामा सम्र्पक विच्छेद भएको अध्यक्ष भोटेले बताए । गत असोज १७ राति परेको चट्याङले मकालु –५ भाटभटेनी डाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पु¥याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला बेला टावरमा समस्या आउने गरेको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन् । भोटखोलाको अवरुद्ध टेलिफोन सेवाचाडै सुचारु गरिने दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए । अवरुद्ध टेलिफोन सेवा मर्मतका लागि मंगलबार प्राविधिक टोली भाटभटेनी प्रस्थान गरिसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो