काठमाडौं म्याराथनमा पाँचौ पटक दौडिदैछन् यी विदेशी

जापानका काजुआकी नागानुमा काठमाडौं म्याराथनमा पाँचौं पटक दौडिदैछन् । ६४ बर्षिय यी धावक लगातार काठमाडौं म्याराथनमा दौडिने विदेशी नागरिक हुन् । उनी नेपालका चर्चित धावकहरुलाई प्रशिक्षण गराएको प्रशिक्षक पनि हुन् । सन् १९८४ देखि १९८६सम्म नेपाल एथलेटिक्स संघमा जापान ओभरसीज कर्पाेरेसशन स्वयंसेवीका रुपमा उनले नेपाली खेलाडीलाई प्रशिक्षण दिएका थिए । ओलम्पियन बैकुण्ठ मानन्धर, अमिरी यादव, पुष्पराज ओझा, अर्जुन पण्डित, एभरेष्ट म्याराथनका विजेता तथा उच्च उचाइमा विश्व किर्तिमान राखेका हरि रोकाया, महिला लामो दुरीका धाविका विमला जोशी, सुनिल राजवंशी, सुशिल नरसिंहलगायतका चर्चित नेपाली धावकलाई प्रशिक्षण दिएका व्यक्ति लगातार काठमाडौं म्याराथनमा दौडिरहेका छन् । उनले त्यतिबेला नेपाली खेलाडीसँग एक कोचका रुपमा मात्र नभएर परिवारको जस्तो सम्बन्ध रहेको बताए । ‘उनीहरुले कठिन प्रशिक्षणलाई पार गर्न सक्षम भए । प्रतियोगितामा उच्च नतिजा हासिल गरे ।’ उनी सम्झन्छन् । बैकुष्ठ मानन्धरले १९८७ मा राखेको रेकर्ड २ः१५ः०३ को टाइमिङ अझै कायम छ ।
उनले युनिर्भसियाड ओलम्पिक गेम्समा १९८५ मा १०० मिटर दौडमा जितेन्द्र चौधरी र अमिरी यादवसँग दौडिएका थिए । जुन प्रतियोगिता जापनको कोवेमा भएको थियो । उनले काठमाडौं म्याराथनका आयोजक निलेन्द्रराज श्रेष्ठसँग ३९ बर्षदेखिको सम्बन्ध रहेको बताउँछन् । निलेन्द्र जर्मनीमा खेलकुदको विषय अध्ययन गरेको श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका महासचिव, नेपाल ट्रायथलन संघका अध्यक्ष र दक्षिण एसिया ट्रायथलन संघका अध्यक्ष हुन् ।
६४ बर्ष पुगे पनि उनी प्रत्येक बर्ष हाफ र फुल म्यारथानमा दौडिन्छन् । उनले टोकियो म्याराथनमा ८ पटक भाग लिइसकेका छन् । उनको उत्कृष्ट टाइमिङ ३ घण्टा २० मिनेट ४३ सेकेन्ड हो । उनी आफूलाई फिट राख्नका लागि प्रति महिना १५० किलोमिटर दौडिने गरेको बताउँछन् । उनको तौल ५८ केजी छ र उनी आफूलाई १८ बर्षको हुँदाकै जस्तो रहेको बताउँछन् । उनी प्रत्येक दिन ९० मिनेट हिड्छन् । ‘आज प्रत्येक देशका नागरिकको जीवनशैलीसँग सम्बन्धित रोगहरुले ग्रसित छन् । त्यसैले हिड्न र दौडिन म सिफारिस गर्छु । यसले मधुमेह र उच्च रक्तचाप रोक्न मद्दत गर्दछ ।’ उनले भने । उनी नेपाल आउने बहाना खोजिरहेका हुन्छ्न । नेपालमा उनी खेलकुदको सुधारका लागि साथीहरुसँग छलफल गर्दछन् । उनी खेलकुदको माध्यमबाट नेपाल र जापानबिचको मित्रतालाई प्रगाढ राख्न चाहान्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी