पाटनमा नयाँ हाकिम आए, पुर्चौडीका हाकिम अख्तियारमा गए

बैतडी । बैतडीका स्थानियतहहरुमा प्रमुख प्रशासकीय अधिकृत सरुवा तिब्र रुपमा हुने गरेको छ । ६ महिना अघि पुर्चौडी नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएको छ भने, पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएकाछन् ।

पाटनका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको १महिना अघि मात्रै सरुवा भएकोमा प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पाटनमा सेर बहादुर बुढा आएकाछन् । कैलालीको लम्कीचुहा नगरपालिकाबाट सरुवा भई पाटन आएका उनि शुक्रबार हाजिर भएका छन् ।

करिव एक महिना पहिले देखि नै नगर प्रमुख गौरीसिंह रावल प्रमुख प्रशासकीय अधिकृतको लागि संघीय राजधानी गएका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै आर्थिक तथा प्रशासनिक कामले गति लिने र नयाँ योजना कार्यान्वयनको ढोका समेत खुल्ने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षका योजना देखि अन्य कामकाजले गति लिने नगर प्रमुख गौरी सिंह रावलले जानकारी दिए । संघीय सरकारले कामकाज भइरहेकै समयमा सरुवा गरेर स्थानीय सरकारमाथिको दमन गर्नु नहुने समेत उनले बताए ।

उता पुर्चौडीका प्रमुख प्रशासकीय अधिकृत भट्टको अख्तीयर दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएसंगै नगरपालिकाका नियमीत कामकाजहरु प्रभावित भएकाछन् । भट्टलाई सुक्रबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले फुल मालाले विदाई गरेकाछन् ।

प्रसासनको क्षेत्रमा जापानमा अध्ययन गरेर कुशल प्रशासकको भुमिका निर्वाह गर्दै आएका अधिकृत भट्टको उज्वल भविष्यको कामना सहित फेरी भेटौला कार्यक्रम राखिएको नगर प्रमुख दीपक बहादुर बमले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 3,759 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काँग्रेसले गण्डकी प्रदेश सभाको रिक्त पदमा सुनिता थापालाई पठाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं