इन्दिरा गान्धीको त्यो टेलिफोन !

२०२८ सालको पौष १ गते । राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर ’देशको हावापानी माटो सुहाउँदो’ पञ्चायती ब्यवस्था कायम गरेर अकंटक राज्य गरेको ११ बर्ष भइसकेको थियो । मुलुकका ’अराष्ट्रिय तत्व’ हरू सबै लाखापाखा लागिसकेका थिए । कथित कांग्रेस कम्युनिष्ट अधिकांश भारतको कुना कन्दरामा लुकेर बसेका थिए । बाँकी केही मुलुक भित्रै जेलमा थिए । केहीले त मौसुफका प्रति वफादार रहने बाचा कबोल नै गरिसकेका थिए । मौसुफको बरद नेतृत्वलाई चुनौती दिने कोही थिएनन्, थिए भने पनि ’मुट्ठीभर’का केही !!

यो मिति चाहिँ अलि खास नै थियो । इशाई सम्बत अनुसार उक्त दिन १६ डिसेम्वर, १९७१ थियो । यही दिन तत्कालिन पूर्बी पाकिस्तानमा ९६ हजार पाकिस्तानी सैनिकले भारतका सामू आत्मसमर्पण गरेको थियो । विश्व मानचित्रमा नयाँ राष्ट्र बांगलादेशले बिजय दिवस मनाउँदै थियो । नेपालमा राजा महेन्द्र आफ्नै ढङ्गको बिजय दिवस मनाउँदै थिए भने असंख्य बंगाली भाषी एबं भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी पनि अनुपम बिजय दिवस मनाउँदै थिइन् ।

२०१७, पौष १ का दिन मुलुकको निर्बाचित सरकारलाई बलपूर्बक बिस्थापित गरेर र प्रधानमन्त्री बीपी कोइराला लगायत सम्पूर्ण नेतृत्वबर्गलाई जेलमा कोचेर राजा महेन्द्र स्थापित भएका थिए । दक्षिणका छिमेकी भारतका तर्फबाट राजा महेन्द्रलाई पूर्ण समर्थन प्राप्त हुने कुरोमा शंका थियो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू सायद बीपी हटाउन त चाहन्थे, तर लोकतान्त्रिक ब्यवस्था नै खतम भएको देख्न चाहंदैनथे । राजा महेन्द्रको सौभाग्य नै मान्नुपर्ला, एक डेढ बर्ष भित्रै चीन भारत युद्ध भयो र भारतले नराम्रो पराजय ब्यहोर्नु प¥यो । यो अवसरको राम्रौ फाइदा उठाए राजा महेन्द्रले । अत्यन्तै कुशलतापूर्बक ’चाइना कार्ड’ प्रयोग गरे । चीनसंग अस्वाभाविक ढङ्गले मित्रता बढाए । ’कमजोर’ भारत टुलुटुलु हेर्न बाध्य भयो । भारतको खलनायकिकरण र चीनको गुणगान नेपालको नयाँ अति विशिष्ट पहिचान नै बन्न पुग्यो । त्यस्तो परिबेशमा ’भारतीय दलाल’ प्रतिपक्षी नेताहरू त लाखापाखा लाग्ने नै भए । वास्तवमा नेपालमा राष्ट्रबादको अनौठो परिभाषा नै रचियो । नेपाली हुन नेपाललाई माया गरेर वा नेपालको हित सोचेर नपुग्ने भयो । पक्का नेपाली बन्न ठूलो स्वरले भारतलाई गाली गर्ने अनि ’भरपर्दो मित्र’ चीनको गुणगान गाए पुग्ने भयो !

अब पुनः फर्कौं शुरुको प्रसंग तर्फ । इन्दिरा गान्धी प्रचण्ड दूर्गा अवतारका रुपमा स्थापित भएकी थिइन् । हुन पनि उनी दक्षिण एशियाको नक्सा नै बदल्न सफल भएकी थिइन् । नयाँ राष्ट्र बंगलादेशको जन्म भएको थियो । पाकिस्तान अब पश्चिम पाकिस्तानमा सिमित हुन पुगेको थियो । ९६,००० पाकिस्तानी सैनिक युद्धबन्दीका रुपमा भारतमा थिए । इन्दिरा आफूले जे चाह्यो त्यही गर्न सक्ने शक्तिशाली नेता बनेकी थिइन् ! नयाँ राष्ट्र बंगलादेशलाई मान्यता दिने क्रम शुरू हुनु स्वाभाविक थियो । स्वाभाविक रुपमा वंगलादेशलाई एक स्वतन्त्र राष्ट्रका रुपमा मान्यता दिने पहिलो राष्ट्र भारत नै बन्यो । भारत पछि भुटानले बंगलादेशलाई मान्यता दियो । बिस्तारै यो क्रम अगाडि वढ्यो । अब यहाँ संख्या महत्वपूर्ण थियो, सानो ठूलो वा शक्तिशाली अथवा कमजोर भन्ने त्यति महत्व रहेन । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र थियो र एक सार्बभौम स्वतन्त्र राष्ट्र थियो । झन नेपाल त भारतसंग तीन तर्फ सिमा जोडिएको छिमेकी राष्ट्र थियो ।

एक त त्यत्रो महत्वपूर्ण युद्ध जितेकी र त्यसमाथि स्वभावैले अलि घमण्डी मानिएकी रणचण्डी इन्दिरा गान्धी ! उनले सोचेकी थिइन् होला – नेपालले त तत्कालै बंगलादेशलाई मान्यता दिइहाल्छ । साँच्चै भन्ने हो भने सायद इन्दिराले नेपाललाई स्वतः आफ्नो प्रभाव क्षेत्र मानेकी थिइन् । १७ सालको महेन्द्रको ’बिजय’ पछिको ’चाइना कार्ड’ र नेपालमा हालै स्थापित भएको ’महेन्द्रीय राष्ट्रबाद’ का ’boutमा उनलाई हेक्का नै नरहेको हुनसक्छ । १९७१ साल सकियो र १९७२ जनवरी १ अर्थात् नयाँबर्ष आयो र गयो । जबवरी १५ जा दिन सायद कुनै सल्लाहकार वा सहायकले इन्दिरालाई याद दिलाई दियो – नेपालले अझै बंगलादेशलाई मान्यता दिएको छैन ! संभवतः इन्दिरा गान्धी झसंग भइन् । बिजय उन्मादमा रमाइरहेकी इन्दिराका लागि यो झट्का नै थियो । यतिवेला सम्म बिश्वका ६ राष्ट्रले बंगलादेशलाई मान्यता दिइसकेका थिए । अहिले सम्म त्यो लिस्टमा नेपालको नाम नदेखिनु इन्दिराका लागि आश्चर्यजनक एबं अनपेक्षित धक्का नै थियो ।

तत्कालै इन्दिरा गान्धीले टेलिफोन उठाइन् र नेपालको राजदरवारमा सम्पर्क गर्न खोजिन् । सम्पर्क स्थापित भएपछि उनले राजा महेन्द्रसंग कुरा गर्न खोजिन् । यताबाट कुनै उच्चपदस्थ दरवारिया कर्मचारीले जवाफ दिएछन्, ’महाराहाधिराज त आराम गर्न चितवन सवारी भएको छ ।’ इन्दिरा गान्धीले कुनै प्रकारले राजासंग सम्पर्क गराउन भनिन् र आफूले एकघण्टा पछि पुनः फोन गर्ने भन्दै फोन राखिदिइन् । त्यसपछि दरवारको सचिवालयको राजा महेन्द्रसंग सम्पर्क भयो भएन वा भएर पनि केकस्तो कुरा भयो त्यो खुलेन । सायद त्यसवेलाको सञ्चार प्रणालीका कारण राजासंग इन्दिरा गान्धीको सम्वाद सम्भव भएन अथवा राजा स्वयं इन्दिरासंग प्रत्यक्ष संबादमा आउन नचाहेका पो हुन् कि !

नियत समय अर्थात् एकघण्टा पछि इन्दिरा गान्धीको टेलिफोन कुर्नका लागि तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्ट दरवार पुगे । तोकिएको समयमा इन्दिराको फोन आयो र प्रधानमन्त्री बिष्टले फोन उठाए । इन्दिराले लामो भुमिका नवाँधिकनै बिष्टसंग आफूले राजासंग कुरा गर्न खोजेको बताइन् । बिष्टको उही पुरानो जवाफ थियो, ’महाराजाधिराज सरकार आराम गर्न चितवन होइवक्सन्छ । सम्पर्क स्थापित गर्न मुश्किल भयो ।’ त्यसपछिको इन्दिरा गान्धीको प्रतिक्रिया वास्तवमै अस्वाभाविक र अकल्पनीय थियो । इन्दिराले अत्यन्तै कडा स्वरमा एउटा वाक्य बोलिन् । त्यो अंग्रेजीमा बोलिएको बाक्य यस्तो थियो – ’इफ योर किङ वान्टस् टु रिमेन आएज किङ, आस्क हिम टु रिकग्नाइज बंगलादेश बाई टुमरो मर्निङ्ग ।’ अर्थात् ’तपाईँको राजालाई राजा भएर रहनु छ भने भोलि बिहान सम्म बंगलादेशलाई मान्यता दिन भन्नोस् ।’

मसंग यो सम्बाद वा घटनालाई पुष्टि गर्ने कुनै दस्ताबेज छैन । यसका ’boutमा ३५÷३६ साल तिर एकजना दरवारमा वरिष्ठ सचिब रहिसकेका ब्यक्तिले आफ्ना समबयस्क साथीलाई बताएको सुनेको हुँ । पछि किर्तिनिधि बिष्टसंग उहाँको निधन हुनुभन्दा २÷३ बर्ष अघि भेट्ने मौका पाएको थिएँ । त्यसबेला आफ्नो मानसपटलमा रहिरहेको यो कथाको सत्यता ’boutमा उहाँसंग सोध्ने धृष्टता नै गरेको थिएँ । बिष्टले हाँस्दै यति भन्नुभो, ’पुरानो कुरा धेरै किन गर्नु !’ उहाँले ’हो’ त भन्नुभएन, तर ’होइन’ पनि भन्नुभएन । किर्तिबाबुका छोरा मित्र बिनोद बिष्टले मलाई उहाँसंग भेट गराइदिएका थिए । त्यसवेला बयोबृद्ध बिष्टसंग धेरै कचकच गर्नु सामान्य शिष्टाचारका हिसाबले पनि ठिक हुन्नथ्यो ! यो घटना र सम्बादका प्रत्येक शब्द हुबहू नमिल्ला ! तर भाव चाहिँ यस्तै थियो भनेर मान्दैछु ।

यो सम्बादको भोलिपल्ट अर्थात् जनवरी १६, १९७२ का दिन रेडियो नेपालले बंगलादेशलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता दिइएको घोषणा गरियो । मन्त्रीपरिषदको निर्णय अनुसार भनिएको उक्त निर्णयको जानकारी स्वयं मन्त्रीहरूले रेडियोबाट पाएका थिए रे ! ३३÷३४ साल तिर बीपी कोइरालालाई औषधोपचारका लागि बिदेश जान दिने निर्णय पनि यसरी नै भएको थियो !

भनिन्छ, राजा महेन्द्र त्यसपछि शारीरिक रुपमा रुग्ण हुँदै गए । आफू सर्वशक्तिमान भएको अनुभव गरेका र ब्यावहारिक रुपमा पनि त्यस्तै देखिएका राजाका लागि इन्दिरा गान्धीको त्यो उन्माद र अहंकारले भरिएको ’धम्की’ निश्चित रुपमा पचाउन गाह्रो थियो । उनलाई ठूलै मानसिक तनाव भएको हुनुपर्छ र मानसिक तबावले शारीरिक ह्रास तर्फ डो¥याएको हुन सक्छ । यो घटनाको १५ दिन जति पछि अर्थात् २०२८ माघ १७ का दिनको सूर्योदय उनले देख्न पाएनन् । बिहान सबेरै उनको निधन भयो ।

मुलुक भित्रका राष्ट्रिय शक्तिहरूसंग समन्वय गरेर नै अघि वढ्नु पर्छ भन्ने महसुस राजा महेन्द्रले अलि अघि देखिनै गरिसकेका थिए । इन्दिरा गान्धीको त्यो दम्भ प्रदर्शनले उनलाई अझ हतार महसुस भएको थियो कि ! त्यसबेलाको भित्री कथाका जानकारहरूका अनुसार कांग्रेसका नेता सूर्यप्रसाद उपाधायसंगको निरन्तर सल्लाह र परामर्शमा राजा महेन्द्रले बिपक्षीलाई सम्मानजनक ढङ्गले समेट्ने सम्बिधानको तर्जुमा भइसकेको थियो । बरिष्ठ अधिबक्ता शम्भुप्रसाद ज्ञवालीको सहयोगमा बनेको उक्त सम्बिधान माघको १०÷११ मै लागू गर्ने राजा महेन्द्रको तयारी थियो । तर नेपालका राष्ट्रिय शक्ति एकजुट भएको देख्न नचाहने देश भित्रैका कट्टरपन्थीहरू र बिदेशीको समेत दवावले माघ १६ मा चितवन दियालो बंगलामा मन्त्रीपरिषदको बैठक बसेर उक्त संविधान अनुमोदन गर्ने गरि सारियो । राजाको स्वास्थका कारण १६ गते बैठक बस्नै सकेन । १७ गते त उनको निधन नै भयो !

यो आलेखको उद्देश्य कसैको अपमान गर्नु पटक्कै होइन । लिखित र प्रकट इतिहासका पानाहरू भित्र कैयन् अलिखित हरफहरू हुँदारहेछन् ! महान शक्तिशाली देखिनेहरू पनि अत्यन्तै निरीह बन्दा रहेछ्न् ! स्वाभाविक अवसान मानिएको महाप्रस्थानका पछाडि पनि रहस्य र षडयन्त्र लुकेका हुनसक्छ्न् । हालका दिनहरूमा देखा परेका उग्रराष्ट्रबाद पनि निरीह त छैन ?

तपाइको प्रतिक्रिया
(Visited 602 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सुन चाँदी दुबैको मूल्य बढ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित