३ महिनमा दुई हेलिकोप्टर दुर्घटनामा परेपछि मनाङ एयर उडान बिहिन

काठमाडौं । शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लुबुचे जाँदै गर्दा दुर्घटना भएको मनाङ एयरको ९ एन–एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटनासँगै मनाङ एयर उडान बिहिन भएको छ । शनिबार सहित ३ महिनमा दुई वटा हेलिकोप्टर दुर्घटनामा परेपछि मनाङ एयर उडान बिहिन भएको हो । अब सो एयरलाइन्स कम्पनीसित बाँकी हेलिकोप्टर नै छैन ।

छोटो समयमै एकपछि अर्को गर्दै शनिबार भएको हेलिकोप्टर दुर्घटनापछि मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट (एओसी ) नेपाल नागरिक उडयन प्राधिकरणले निलम्बन गरिदिएको छ ।

नियामक निकाय प्राधिकरणले शनिबार सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । प्राधिकरणले यो कम्पनीको उडानमा केही गडबढी भएको हुन सक्ने भन्दै मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको हो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटनामा परि सो हेलिकोप्टरका पाइलट पिके सेढाइँ घाइते भएका थिए ।

यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकोप्टर गत २६ असारमा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण केन्द्रिय कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

मनाङ एयरसँग रहेको दुईवटा हेलिकोप्टर दुर्घटनामा परेपछि हाल सो कम्पनीसँग अरु हेलिकोप्टर नै छैन । प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार अब मनाङ एयरले अर्को हेलिकोप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन ।

मनाङ एयरको समग्र चेकजाँच गरेपछि मात्र उडान सुरु गर्न दिने वा नदिने भन्ने’bout निर्णय उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन्