सुनकोशी मरिण डाइभर्सन सुरुङ निर्माणको काम अवरुद्ध

सिन्धुली । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तीन दिन देखि अवरुद्ध भएको छ । सुरुङ खन्ने क्रममा कडा र जोडिएको चट्टान फेला परेपछि सुरुङ खन्ने काम अवरुद्ध भएको हो ।

यो सँगै मरिण डाईभर्सनको सुरुङ खन्ने काममा तेस्रो पटक बाधा आएको छ । सुरुङ खन्ने काम ९ किलोमिटर १८६ मिटर सकिएपछि काम रोकिएको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर अशोकराज गौतमले सुरुङ खन्ने काममा अवरोध आएको यो तेस्रो पटक भएको बताए ।

आयोजनाको रोकिएको सुरुङ खन्ने काम डाईभर्सन निर्माण गरि तत्काल सुरु गरिने गौतमले बताएका छन । उनका अनुसार काम सुचारु हुनका लागि २, ३ दिन समय लाग्ने छ ।

पहिलो पटक ९ दिन, दोस्रो पटक २३ दिन काम अवरोध भएको थियो । दोस्रो पटक अलिक ठूलो समस्या आएको तर अहिलेको समस्या सामान्य रहेको उनले बताएका छन ।

२०७९ असोज २८ गतेदेखि सुरुङ खन्न सुरु भएको आयोजनाको एक वर्षमा ६९ प्रतिशत लक्ष्य प्राप्त गरिएको गौतमले जानकारी दिएका छन । गत वर्ष असोज २८ गतेबाट कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट सुरुङ खन्ने काम सुरु भएको थियो । अबको दश महिनामा सुरुङ खन्ने काम सक्ने लक्ष्य आयोजनाको छ । अहिले सुरुङ खन्ने काम महाभारतमुनी पुगेको र चट्टान क्षेत्र रहेको आयोजनाले जनाएको छ ।

टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेकाले अब धेरै ठूलो समस्या नआउने अनुमान गरिएको गौतमले बताए ।

सुनकोशी नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेश प्रदेसका पाँच जिल्लामा सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यो आयोजनाको सुरुङ निर्माणको काम २२ महिनामा सक्ने लक्ष्य लिएको छ । अब ३१ प्रतिशत सुरुङ खन्न बाँकी छ । १३.३ किलोमिटर सुरुङको लम्बाई रहने आयोजनाले जनाएको छ ।

बाँध निर्माणको काम सुरु
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम सुरु भईसकेको छ । रामेछाप तर्फबाट बाँध निर्माणको काम सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले बाँध निर्माणका लागि कोर ड्रिलिङको काम भईरहेको छ । प्रयोगशालाको निर्माण, प्रयोगशालाको गुणस्तर चेकजाँचको काम गरि सकिएको छ । बाँध निर्माणका लागि क्रसर प्लान्टको पनि निर्माण गरिएको छ । आयोजनाको बाँध निर्माणको काम रामेछापतर्फबाट सुरु भएको आयोजनाले जनाएको छ ।

हेड वर्कसको काम जनवरीमा सम्झौता भएको थियो भने निर्माणको काम एक महिना अघिदेखि सुरु भएको छ । मजदुरहरुका लागि बस्ने क्याम्प निर्माणको काम सकिएको छ । यता कुसुमटारमा विद्युत उत्पादनका लागि विद्युत गृह (पावर हाउस) निर्माणको काम पनि सुरु भएको छ । सुनकोसी र तामाकोसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि र टिविएम मेसिन निकासाको लागि स्थान निर्माण गरिएको छ । चार महिनासम्ममा उक्त ठाउँमा मेसिन निस्कने ठाउँ बनिसक्ने आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) काम गरिरहेको छ । महाभारत क्षेत्र प्रवेश गरेपछि दैनिक सरदर १० देखि १५ मिटरसम्म टनेल बोरिङ मेसिनले खनिरहेको थियो । सुनकोसीमा बाँध निर्माणका लागि पटेल–रमण जेभीले १२ अर्बमा ठेक्का लिएर काम सुरु गरेको हो ।

गौतमका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिनेछ र ३१.०७ मेगावाट विद्युत उत्पादन गरिने छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 713 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी