दैलेखमा युवाबीच झडप हुँदा एकको मृत्यु

दैलेख । गएराति दैलखको भैरबी गाउँपालिका–४ सिलङ्गी बजारमा युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यू भएकोे हो ।

प्राथमिक उपचारपछि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएका बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए । झडपको क्रममा घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पतालमा पु¥याएकोमा सामान्य उपचार गरी फर्किएका र किशोर बुढा क्षेत्रीलाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो प्रहरी निरीक्षकले भने ।

भैरबी गाउँपालिका–५ सैनचौरस्थित सुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाहीले सिलङ्गीबजारमा मोटरसाइकल गालीगलौज गर्दै हिंडेको विषयमा स्थानीय युवाहरुसँग विवाद झडप परिणत भएको स्थानीयले बताएका छन् । किशोरको ससुराली र घटनास्थल ८–९ किलोमीटर दूरीमा पर्दछ । ‘साँझको समय पारिवारिक जमघट घएको बेला एउटै मोटरसाइकलमा चढेका चारजनाले महिलाहरु देख्यो कि अपशब्द बोल्ने गरेकाले स्थानीयले सम्झाउन खोज्दा झडप भएको स्थानीयबासी शान्ती रिजालले बताए ।

प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल नियन्त्रणमा लिई सिलङ्गी प्रहरी चौकीमा राखेको छ । ज्यान जाने गरी झडपमा संलग्नहरुको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्याले दैलेखले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी