Saturday, July 24, 2021
HomeNot-to-be-missedजहाँ निर्बाध चलिरहेछ फुटबल

जहाँ निर्बाध चलिरहेछ फुटबल

,

मिन्स्क । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको खेलकुद गतिविधि ठप्प छ । फुटबल क्बलहरू ३० अप्रिलसम्म स्थगित छन् । चार महिनापछि हुने टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप जस्ता तीन ठुला प्रतियोगिता अर्का वर्ष गर्ने निर्णय भइसकेको छ ।

कोरोनाले विश्वलाई नै आतंकित बनाउँदा युरोपकै एक राष्ट्र बेलारुसमा भने निर्बाध रूपमा त्यहाँको सबैभन्दा ठूलो फुटबल लिग बेलारुस प्रिमियर लिग चलिरहेको छ । कोरोना भाइरसका कारण विश्वभर लिग रोकिए पनि बेलारुसमा भने यही १९ मार्चदेखि लिग सुरु भएको हो । त्यहाँ पनि कोरोना संक्रमित नभेटिएको होइन । मंगलबार राति मात्रै बेलारुसमा कोरोनाबाट एक जनाको ज्यान गएको छ । तर, त्यहाँको सरकारले खेलकुद गतिविधिसँगै अन्य गतिविधि रोक्ने कुनै योजना नै बनाएको छैन ।

यसैबीच प्रिमियर लिगका फ्यान क्लबहरूले सरकारले उचित कदम नचालेपछि लिग नै बहिष्कार गर्ने योजना बनाइरहेका छन् । पाभ क्लेमेन्कोका अनुसार सरकारको निर्णय कुरिरहेको र सरकारले केही कदमअघि नसारे प्रिमियर लिग बहिष्कार गर्ने बताएका छन् ।

‘अधिकभन्दा अधिक बेलारुस समर्थक समूहहरू कोरोनाविरुद्धका लागि खेल बहिष्कार गर्ने घोषणा गर्दछ । कोरोनाबाट बच्न सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह छ,’ उनले ट्वीट गरेका छन् । उनले सरकारले मनोरञ्जनका लागि लिग स्थगित नगरेको र समर्थकलाई स्वास्थ्यलाई प्राथमिकता दिन अनुरोध गरेका छन् ।

बेलारुसका राष्ट्रपति एलेक्सजन्डर लुकासेन्कोले अहिलेसम्म पनि कोरोना रोकथाममा कुनै निर्णय गर्न सकेका छैनन् । जसले बेलारुस प्रिमियर लिग निरन्तर जारी छ । विश्व फुटबल खेलाडी युनियन (फिफप्रो)का प्रमुखले ‘यो स्पष्टसँग बुझ्न नसकिनेछ’ भनेका छन् । कोरोना त्रासबीच बेलारुसमा फुटबल खेल्ने क्रम जारी छ । पछिल्लो साता दुई खेल भयो । अर्काे साता अर्थात् शुक्रबार दुई खेल हुने तालिका छ । बेलारुस प्रिमियर लिगमा युरोपा लिग खेल्ने बेट बोरिसोभ, डाइनामो मिन्स्क जस्ता क्लब छन् ।

विश्वभरका समर्थक भने बेलारुस प्रिमियर लिगमा शून्य दर्शक रहेको हेर्न चाहन्छन् । बेलारुस फुटबल फेडेरेसनका प्रवक्ता एलेक्जेन्डर एलेइनिकले खेल अगाडि बढाउन सतर्कता अपनाइएको बताएका छन् ।
‘हामीले खेलकुद मन्त्रायलले भनेबमोजिम सबै नियम पालना गरेका छौँ । फ्यानसँग भेट हुने सबैलाई ग्लोब प्रदान गरेका छौँ ।’ फुटबललाई निरन्तरता गर्ने निर्णयले बेलारुस फुटबल फेडेरेसनलाई १० राष्ट्रका स्पोर्ट्स नेटवर्कसँग ब्रोड्कास्टिङ डिल कायम राख्न सहयोग गरेको छ ।

फेडेरेसनका प्रवक्ता एलेएनिकले यसलाई कहिल्यै नभएको अवस्था भनेका छन् । बेलारुसमा पछिल्लोपटक १ सय ६३ जनामा कोरोना संक्रमण देखिँदा दुई जनाको मृत्यु भइसकेको छ । विश्वभरका फुटबल फ्यानहरू अहिले सामाजिक सञ्जालमा बेलारुसको फुटबलबारे चर्चा गरिरहेका छन् । डेभिड वाट्सनले लेखेका छन्, ‘यस सिजनको अन्त्यपछि बेलारुसमा समर्थन गर्नलाई एउटा टिम हुनेछ ।’

Loading comments...

आजको समाचार

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

साताका लोकप्रिय समाचार

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म

शास्त्र र पुराणका अनुसार ब्रह्मा, इन्द्र, रुद्र, अग्नि, वरुण, कुबेर, सूर्य र सोम आदि देवताहरूले वन्दना गरिने देवताहरूका आराध्यदेव भगवान विष्णु नारायण असार शुक्ल...

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन दुई मन्त्रीले दिए राजीनामा

  जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिएका छन्। उनीसँगै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजकुमार सिंहले समेत राजीनामा...

उडान संख्या बढेसँगै आन्तरिक हवाई भाडादर घट्यो

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बढाइएको उडान संख्याका कारण आन्तरिकतर्फको हवाई भाडादर घट्न थालेको छ । धनगढी–काठमाडौंका लागि प्रतियात्रु...

बेड नम्बर ३०५ मा जीवन खाेज्दैछिन् ‘चम्सुरी’

  काठमाडौं । बाटुलो अनुहार । पुक्क गाला । रातो गोलो ठूलो टीका र गुन्युचोली । ‘चम्सुरी’ सम्झिनेबित्तिकै यिनै छवि आँखामा नाच्न थाल्छन् । टेलिभिजन...

३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २५ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा...

ट्रेन्डिङ

बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सिन्धुली । १५ वर्षीय बहिनी नाता पर्ने बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलन्जोर...

ब्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्रीले राखिन् बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गामा भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी छन् । आइतवार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?