कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा

बिराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।

आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो ।

शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो । 

मुख्यमन्त्री कार्कीले मन्त्रीमा नियुक्त गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ नवनियुक्त मन्त्रीद्धयलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन । 

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म