गढीमाईमा चिडियाखाना स्थापना गरिने: नगरप्रमुख यादव

बारा । विश्व प्रसिद्ध गढीमाई मन्दिर क्षेत्र भित्र चिडियाखाना स्थापना गरिने नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए । बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गढीमाई मन्दिर क्षेत्रभित्र चिडियाखाना स्थापना गर्न लागिएको नगरप्रमुख यादव बताउँछन् ।

वन्यजन्तु उपलब्ध हुने सुनिश्चित भित्र भए पश्चात प्राविधिक रुपमा समुचित भौतिक निर्माण लगायत अन्य सम्पूर्ण तयारी नगरपालिकाले गर्ने नगरप्रमुखले जानकारी गराएका छन् । विश्व प्रसिद्ध गढीमाई मन्दिर लगायत यस क्षेत्रमा पर्यटकीय पुर्वाधार निर्माण गर्न उद्देश्यले नगरपालिका कै खर्चमा सम्पूर्ण व्यवस्थापन हुने यादवले बताएका छन् ।

चिडियाखाना स्थापना भए देखि आन्तरिक पर्यटक सजिलै भित्रियाउन सकिने नगरप्रमुखले बताए । विश्व प्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न आउने पर्यटकलाई केही बेर आकर्षण गर्न चिडियाखाना आवश्यक देखिएको उनले बताए ।

गढीमाई मन्दिर विकासको लागि प्रदेश र संघले भाषणमै सीमित देखेपछि नगरपालिकाको मातहत रहेको मन्दिरको संरक्षणको लागि आफु अगाडी सरेको नगरप्रमुख यादव बताउँछन् ।

मन्दिरलाई झालर बति, रङ्गरोगन गरि दुलही झै सिङंगारिएको उनले बताए । मन्दिर क्षेत्र भित्र पार्किङ्ग, दर्शननार्थीको जुता चप्पल राख्न व्यवस्थित गरिएको उनले बताए ।

मन्दिरको वतावरण स्वच्छ हराभरा राख्नको लागि चारैतिर बोटविरूवा, फुलहरु रोपिएको छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सेल्फी लिन गढीमाई मन्दिर को साईनिङ्ग बोर्ड राखिएको नगरप्रमुखले बताए ।

महागढिमाई नगरपालिकाले वन तथा वातावरण मन्त्रालयलाई वन्यजन्तु उपलब्ध गराई दिन हुन पत्रचार गरेको उनले बताए । चिडियाखानामा राख्नको लागि चितल, मिर्ग, जरायो २० थान, नीलगाई, घोडगधा ४ थान, खरायो २० थान, दुम्सी ४ थान, बंदेल २ थान, सर्प प्रजाती ४ थान, मगर गोही २ थान, कछुवा ४ थान, भ्यागुता पाहा १० थान, हाती ४ थान, मयुर ४ थान, कालिज २० थान, लुईचे वन कुखुरा १० थान, बट्टाई ५०, थान तित्रा २० थान, ढुकुर १०, थान, मैना ४ थान, सुगा ४ थान माग गरिएको नगरप्रमुख यादवले जानकारी गराएका छन् ।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणलाई पत्रचार गरेर एकिन राय सल्लाह माग गरिएको यादवले जानकारी गराएका छन् । निकुञ्जको सल्लाह आए देखी चाडै नै प्रक्रिया अगाडी बढाईने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित