कुखुरा व्यवसायमा दुई अर्ब बढीको नोक्सान

काठमाडौं । सरकारले विश्वव्यापी फैलिरहेको कोरोना भाइरसलाई फैलिन नदिन गरेको मुलुक लकडाउनले कुखुरा व्यवसायमा १० दिनमा २ अर्ब बढीको नोक्सान भएको छ । मुलुकभर लकडाउनका कारण कुखुराको मासु र अन्डा बिक्री वितरण ठप्प भएपछि १० दिन मात्र २ अर्ब बढीको १९ करोड ५० लाखको नोक्सान भएको हो ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार लकडाउनले कुखुरा व्यवसायमा दैनिक २१ करोड ९५ लाखको नोक्सानी हुने गरेको छ । देशभर दैनिक कुखुराको चल्ला ६ लाख उत्पादन हुन्छ । उनले भने, ‘लकडाउनले किसानको खोरको कुखुरा बिक्री ठप्प भएपछि अहिले चल्ला उत्पादन बन्द भएको छ ।’ ‘अन्डा दैनिक ५० लाख उत्पादन खपत हुन्थ्यो अहिले त्यसको २० प्रतिशत पनि खपत भएको छैन । मासु ९ लाख ५० हजार केजी खपत हुन्थ्यो । मासु देशभर दैनिक ९ लाख ५० हजार केजी खपतमा अहिले जम्ममा २ लाख केजी मात्र खपत हुने गरेको अनुमान छ ।

पोखरेलले भने, ‘दैनिक बोइलर कुखुराको मासु ९ लाख ५० हजार केजी खपत हुनेमा २ लाख मात्र खपत भएर साढे ७ लाख केजी उत्पादन हुने मासु खपत हुने छोडेको छ । होटेल रेस्टुरेन्टमा दैनिक उत्पादन मासुमध्ये २० प्रतिशत बढी खपत हुन्थ्यो भने अहिले त्यो सबै ठप्प भएको छ ।’ ‘यसैगरी अन्डा दैनिक ५० लाख उत्पादन हुनेमा अहिले करिब १५ लाख मात्र उत्पादन हुने अनुमान छ । अहिले दैनिक ३५ लाख अन्डा खेर गइरहेको अवस्था छ ।

पोखरेलले भने, ‘ह्याचरी उद्योग संघले बोइलर, लेयर्स, र कलर बोइलर आदि गरेर सातामा ४२ लाख नयाँ चल्ला उत्पादन गर्छ । ‘अहिले ढुवानी समस्याका कारण किसानहरूले खोरमा तयार भइसकेका कुखुरा बेच्न नसक्दा नयाँ चल्ला हालेका छैन । जसका कारण नयाँ उत्पादन भएका करिब ४२ लाख चल्लालाई खाल्डो खनेर गाडिएको छ ।’ उनले भने, ‘लकडाउनको अवधि कतिसम्म जाने हो थाहा छैन । अब यसको अवस्थालाई विचार गरेर मात्र नयाँ चल्ला उत्पादन गर्ने हो । लकडाउनले गर्दा अब दुई महिनापछि बजारमा कुखुराको मासु खोजेर पनि नभेटाउने अवस्था आउने उनको भनाइ छ । अध्यक्ष पोखरेलले कुखुराको व्यवसाय पहिलेकै अवस्थामा आउने करिब ६ महिना एक वर्ष लाग्न सक्ने बताए ।

नेपाल पोल्टी महासंघका अध्यक्ष गुडचन्द्र विष्टले समग्र पोल्ट्री उद्योग क्षेत्रमा दैनिक करिब २५ करोडको नोक्सानी हुने थालेको बताए । उनले कोरोनाका कारण बल्लबल्ल आत्मनिर्भर भएको कुखुरा व्यवसाय पाँच वर्ष पछाडि धकेलिएको बताए । अहिलेको अवस्थाले अबको दुई महिनापछि बजारमा कुुखुराको मासु पाउन मुस्किल हुने उनको भनाइ छ । उनले भने, ‘कोरोना भाइरसको संक्रमणले कृषि क्षेत्रमा सबै ठूलो नोक्सानी कुखुरा व्यवसायमा भएको छ । त्यसपछि दुग्ध क्षेत्रमा भएको छ । केही असर तरकारी व्यवसायमा पनि देखिएकाले नोक्सानीको क्षतिपूर्तिका लागि सरकारसँग छलफल गरी केही माग गरेको बताए विष्ट बताए । विष्टले भने ‘पशुसेवा विभागसँग हामाले अहिले भएको पोल्ट्री क्षेत्रमा भएको नोक्सानी’bout जानकारी गराएको छ ।’ ‘हामीले विभागसँग कम्तीमा पनि एक वर्षका लागि ब्याज मिनाहा पुनः कर्जा दिनुपर्ने, साना किसानको क्षति भएअनुसार उनीहरूलाई क्षतिपूर्ति व्यवस्था गरिदिनुपर्नेलगायतका माग राखेकामा पशुसेवा विभाग सकारात्मक रहेको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले लकडाउनका कारण अहिले कृषि क्षेत्रमा ठूलो असर परेको बताए । कृषि क्षेत्रमा ठूलो क्षति पोल्ट्री क्षेत्र र दुग्ध क्षेत्रमा परेको केसीको भनाइ छ ।

प्रवक्ता केसीका अनुसार उपभोक्ताको बुझाइ मासु खाएमा कोरोना लाग्छ भन्ने भएकाले मासु र अन्डाको उपभोग नै घटेको छ । मन्त्रालयले स्थानीय निकायसँगको सहकार्यमा क्षतिको विवरण संकलन गर्ने काम भएको छ । क्षतिको विवरण आएपछि के कतिको राहत प्याकेज दिन भन्ने थाहा हुने उनले बताए । लकडाउन कहिलेसम्म रहने भन्ने अनिश्चित भएकाले राहतका प्याकेज ल्याउन केही समय लाग्ने केसीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी