भूकम्प प्रभावितलाई गण्डकीको १ करोड, पोखराको ५० लाख

पोखरा । गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । ‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौं,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

भूकम्प प्रभावितको उद्धार र उपचारका लागि प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको थियो । साथै मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यु हुने कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ ।

पोखरा महानगरपालिकाले पनि भूकम्पपीडितको राहत, उद्धार र प्रभावितहरूको पुनस्र्थापनाका लागि ५० लाख बराबरको सहायता घोषणा गरेको छ ।

पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रकसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली शनिवार साँझ त्यसतर्फ प्रस्थान गरेको हो । उद्धारका लागि आवश्यक सामग्री लिएर गएको टोलीले स्थानीय अधिकारीको समन्वयमा प्राथमिक उपचारसहित उद्धार र राहत व्यवस्थापनका कार्यहरू गर्ने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित