विवाहमण्डवजस्तै चिटिक्क विद्यालय

बझाङ । जीवनमा पहिलोपटक विवाह गर्दा जसरी विवाहमण्डप सजिसजावट हुन्छ । त्यसरी नै थलारा गाउँपालिका–३ मा रहेको नवादेउ प्राथमिक विद्यालय सिँगारिएको थियो । विवाहमण्डप ध्वजापताका फूलमालाले सजिसजावट गरिन्छ भने विद्यालय विभिन्न शैक्षिक सामग्री फलफूलका चित्रसाथ सजिन्छन् ।

विभिन्न कार्टुन, काठ, ढुंगा, छेस्का, माटो, फाटेका कपडा, बजारमा फ्याँकिएका फोहोरमैला चुरोटका बट्टा, चाउचाउ बिस्कुटका खोस्टा, मदिराका बोतल र बिर्का, मकैको खोया, जंगलमा पाइने पागर, ओखरका दानालगायतमा रङ लगाएर तयार पारिएका शैक्षिक सामग्रीले कक्षाकोठा सजाइएका छन् ।

विद्यालय बाहिरी वातावरण सफाचट छ भने त्योभन्दा बढी भित्री कक्षाकोठा सजिसजावट पारिएका छन् । पहिलोपटक कक्षा कोठामा प्रवेश गर्दा लाग्छ, विवाहमण्डपमा प्रवेश गरियो ।

शिशुदेखि कक्षा ३ सम्मका कोठा शैक्षिक सामग्रीले चिटिक्क पारिएका छन् । रंगीचंगी शैक्षिक सामग्री रहेको विद्यालयमा अध्यापन गराउने शिक्षकशिक्षिकालाई शैक्षिक सामग्री निर्माण गर्न भ्याइनभ्याइ भएको छ । तीन वर्षअघि विद्यालयमा एउटै शैक्षिक सामग्री थिएन । शिक्षकशिक्षिकासमेत विद्यालयमा रित्तो हात आएर विद्यार्थीसँग पुस्तक मागेर पढाएर जान्थे । शैक्षिक सामग्री प्रयोग गर्ने चलन र बानी विकास भएको थिएन ।

नवादेउ प्राथमिक विद्यालयकी प्राध्यानाध्यापक सरस्वती सिहं अहिले कक्षाकोठामा गएर बालबालिकालाई अध्यापन गराउन जाँदा ‘हातमा कुनै नयाँ शैक्षिक सामग्री नभए के गर्ने र कसरी अध्यापन गराउने ?’ भन्ने चिन्ताले सताउने बताउँछिन् । ‘अहिले केही न केही शैक्षिक सामग्री पाठ्यक्रमअनुसारका शैक्षिक सामग्री निर्माण गरेर मात्रै कक्षाकोठमा जाने बानी विकास भएको छ,’ उनी भन्छिन् ।

यस्तो बानी विकास र मण्डपजस्तै सजिसजाउ एउटै विद्यालयमा मात्रै नभई भगवती प्राथमिक विद्यालय, धौल्देउ प्राथमिक विद्यालय गडीगाउँका कक्षाकोठा पनि उस्तै शैक्षिक सामग्रीले सजिसजाउ छन् ।

यी विद्यालयबाहेक यूएमएनको सहयोग र प्रगतिशील युवा समाजको साझेदारीका थलारा गाउँपालिकामा क्रियाकलापमा आधारित सिकाइ परियोजना लागू भएपछि यहाँका ३२ विद्यालय विवाहमण्डपजस्तै सजिसजावट बनेका छन् ।

क्रियाकलापमा आधारित सिकाइ परियोजना कार्यक्रमले यहाँका शिक्षकशिक्षिकालाई शैक्षिक सामग्री निर्माण गरी अध्यापन गराउने तालिम उपलब्ध गराएपछि कक्षाकोठा सिँगारिन थालेको भगवती प्राविका प्रधानाध्यापक भोजराज उपाध्याय बताउँछन् ।

‘पहिला कक्षाकोठामा बस्न छोडर चौरमा खेल्ने र हल्ला गर्ने बालबालिका पनि अहिले शैक्षिक सामग्री नै खेलेर बस्ने गरेका छन्,’ उनी भन्छन्, ‘हल्ला र चकचक गर्ने बानी सुधार हुँदै गएको छ । यसले गर्दा हामीजस्ता शिक्षकलाई अध्यापन गराउन सहज भएको छ ।’

शैक्षिक सामग्री निर्माण जिम्मा शिक्षकशिक्षिकाको मात्रै नभई बालबालिकाले यसमा सहयोग गरिरहेका छन् । कक्षाकोठाको भित्तामा रङरोगन गरेर लगाइदिएपछि उनीहरू पनि शिक्षक सामग्री निर्माण गर्न हौसिने र थाहा नपाएर नै पाठ्यक्रममा भएको कुरा सिकिसक्ने भएकाले अध्यापन गराउन ठूलो सहयोग पुगेको छ ।

यता, थलारा गाउँपालिकाका शिक्षा संयोजक हर्कबहादुर रोकायाले पालिकासँग समन्वय गरेर यूएमएनको सहयोगमा प्रगतिशील युवा समाजले थलारा गाउँपालिकाका विद्यालयमा काम गरेपछि निकै राम्रो सुधार तथा परिवर्तन पाएको सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी