उपचारका लागि जिल्ला बाहिर जाने समस्या अन्त्य भयोः नगर प्रमुख साह

बारा । बारामा गुणस्तरीय उपचार नपाउदा बिरामीहरूको जिल्ला बाहिर जाने समस्याको अन्त्य भएको कलैया उप-महानगरपालिकाको नगर प्रमुख विनोद साहले बताएका छन् । कलैया -४ अदालत रोडमा हरिओम फेमली क्लिनिकको उदघाटन गर्दै नगरप्रमुख साहले व्यवस्थित अनुभवी चिकित्सकको कमिले बिरामी बाहिर उपचार गराउन जाने समस्या अन्त्य भएको बताए ।

उपचारको अभावमा कतिपय विरामीहरू बाटो मै ज्यान जाने गरेको पाईन्छ । हरिओम क्लिनिकले सबैको विश्वास जित्दै उपचारमा गुणस्तरीय सेवा दिने साहले बताए । प्रतिस्पर्धात्मक युगमा खोलिएको हरिओम फेमली क्लिनिकले जनतालाई सहज र सरल रूपमा सेवा प्रदान गरुन भन्ने विश्वास लिएको नगरप्रमुख साह बताउछन । आफ्नै वार्डमा क्लिनिक संचालन भएकोले २४ घण्टै आफ्नो निगरानीमा समेत रहने उनले बताए । एउटै संस्थाबाट र आयुर्वेदको सेवा प्रदान गर्नु आफैंमा ठुलो चुनौती रहेको साह बताउछन ।

डाक्टर केशरी दम्पती आफैंमा जनता माझ विश्वासिलो छवि बनाएकोले गुणस्तरीय सेवामा कुनै समझौता नहुनेमा आफु विश्वस्त रहेको बताए । हरिओम क्लिनिकका संचालक हरिओम केशरी विगत पाँच वर्ष भन्दा बढी कलैया अस्पतालमा गाईनो सेवा दिएको अनुभव रहेको छ । उनको कार्यकालमा कलैया अस्पतालको गाईनो डिपार्टमेन सतप्रतिशत सुधार आएको थियो ।

डॉक्टर केशरी एमडिजिपि स्पेशलिस्ट रहेको छन् । आफुले सदरमुकाम कलैयामा रही आफ्नो अनुभवको सदुपयोग गरि जनताको सेवा गर्न क्लिनिक संचालन गरेको केशरीले बताए । डाक्टर पुनिता केशरी जिल्ला आयुर्वेदको प्रमुख समेत रहेकी छिन । उनका अनुसार सबै रोगको उपचार आयुर्वेदमा रहेको बताउछिन । आयुर्वेदले अलि ढिलो असर देखाए पनि यसको साइड इफेक्ट नरहेको उनले जानकारी गराईन ।

उदघाटन कार्यक्रममा नगर प्रमुख विनोद साह, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, क्लिनिकका संचालक डा हरिओम केशरी, पुनिता केशरी, बारागढी गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरी, अधिवक्ता परमहंस केशरी, उपमहानगरका स्वास्थ्य फाँटका अनिल पाण्डे, अजय जैयसवाल, ग्यालेक्सी प्लस टु का कोर्डिनेटर संजय केशरी, लोसपाका युवा नेता शषी केशरी, आयुर्वेद बाराका सहदेव पडित, संदिप गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 622 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहमा अब कांग्रेस पहिलो दल