कलैयामा रूपेशको हत्यामा ८ औ दिन प्याब्सनको प्रदर्शन

बारा । बारामा गोली लागि हत्या गरिएको रुपेश सरार्फको न्यायको लागि प्याब्सनले ८ औ दिन शान्तिपूर्ण प्रदर्शन गरेको छ । सरार्फको हत्यामा प्याब्सन र नेशनल प्याब्सनले सयुक्त रुपमा ८ औ दिन कलैयामा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

सरार्फको हत्यामा संलग्न रहेका दोषीलाई यथासिघ्र पक्राउ गरि सत्य तथ्य छानविन गरि सार्वजनिक गर्न आफुहरु प्रदर्शन गरेको प्याब्सन बाराका अध्यक्ष नेत्र प्रसाद दाहाल बताउछन । सरार्फको हत्या दिन दहाडै निर्ममतापुर्वक गरि प्रहरीको आखामा धूल झोखी फरार हुन सफल भएका अपराधीलाई चाडै प्रकाउ गरि सत्य तथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग आफूहरूको माग रहेको दाहालले बताए ।

खुल्ला सिमानाको फाइदा उठाउदै सात सय मिटरको दुरीमा बन्दुकधारी कलैयामा प्रवेश गरि दिन दहाडै बाल एकता †२ बोडिङ्ग स्कुलका संचालक सरार्फ माथि ४ राउण्ड गोली प्रहार गरि फरार हुनमा सफल पनि भएको नेशनल प्याब्सनबाराका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहा बताउछन । प्रहरीको यस्तो निन्दनीय कार्य प्रति घोर बिरोध गर्दछौ उनले भने ।

प्याब्सन र नेशनल प्याब्सनले आयोजने गरेको प्रदर्शनमा सम्पूर्ण निजि विधालयका प्रधानाध्यापक शिक्षक र शिक्षिकाले १ बजे देखि पेन डाउन गरि शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए । छाता संगठनको रूपमा रहेको प्याब्सन र नेशनल प्याब्सन बारामा विधालय आवद्व रहेको छन् ।

कार्तिक १३ गते सरार्फ खाजा किनेर घर तिर आउने क्रममा कलैयाको मदर्सा टोलमा २ वटा मोटरसाइकलमा सवार भई आएकाले ४ राउण्ड गोली हानेर भाग्न सफल भएका थिए ।

उनको उपचार कलैया अस्पतालमा सम्भव नहुदा एम्बुलेन्बाट विरगज स्थित वयोध्या लगिएको थियो । ३ गोली लागेको सरार्फलाई उपचारको क्रममा डाक्टरले सोही दिन मृत घोषित गरेको थियो ।

घटना लग्तै प्रहरी एक्सनमा आएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनका स्कुलका लेखापाल राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर, रियाज अन्सारी गरि ५ जना सार्वजनिक गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन् ।

प्रहरीको अनुसन्धान प्रति परिवारजनको आपति रहेकोले परिवारजन, नगरवासी, बुद्धिजीवी लगायतले दिनहु दिप प्रज्वलित गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता