धनगढी उपमहानगरद्वारा भूकम्प प्रभावितका लागि एक सय क्विन्टल चामल सहयोग

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई एक सय क्विन्टल चामल सहयोग गरेको छ । सो चामल लिएर बिहीवार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी राना सहितको टोली कर्णाली प्रदेशको राजधानी सुर्खेत गएको छ ।

गत शुक्रबार कर्णाली प्रदेशको जाजरकोट जिल्लाको ’boutकोट गाउँपालिका १, रामीडाँडा केन्द्रबिदु भएर ६ दशमलव ४ रेक्टरस्केल भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा धेरै जनधनको क्षति भएको थियो । भूकम्प प्रभावित बासिन्दाका लागि केही राहत पुगोस् भनेर ६ लाख ३५ हजार रुपैयाँ बराबरको एक सय क्विन्टल चामल पठाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको २८ औं कार्यपालिका बैठकले भूकम्प प्रभावित क्षेत्रका बासिन्दा लागि राहत स्वरुप एक सय क्विन्टल चामल पठाउने निर्णय गरेको थियो । सो एक सय क्विन्टल चामल लिएर उपप्रमुख रानाको नेतृत्वमा उपमहानगरपालिकाको एक टोली कर्णाली प्रदेशको राजधानी सुर्खेत गएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।

सुर्खेत पुगेर उपप्रमुख नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि लगेको चामल कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले भूकम्प प्रभावितहरुलाई राहत दिन बनाइएको सरकारी एकद्धार प्रणालीमार्फत उक्त खाद्यान्न वितरणका लागि पठाइएको बताए।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार