सभापोखरीको याक्सुवा खोलामा झोलुङ्गे पुलले दुई गाउँ जोडियो

संखुवासभा । संखुवासभा सभापोखरी गाउँपालिका –४ याक्सुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । याक्सुवा खोलामा झोलुङ्गे पुल निर्माण भएपछि घण्टौँ लगाएर अन्यत्रबाट हिँड्नुपर्ने बाध्यता हटेको छ । झोलुङ्गे पुल निर्माण भएपछि वालिङका स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

पूर्वाधार विकास कार्यालय संखुवासभाको ४९ लाख लाख ३९ हजार ८ सय ९२ , संघीय सरकारको ४ लाख ६३ हजार र जनश्रमदान ९८ हजार ७ सय ९७ रुपियाँ लगानीमा यो पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र कुमार सिं ले जानकारी दिए ।

उक्त क्षेत्रमा पुल नहुँदा स्थानीयले बर्खायाममा समस्या झेल्ने गरेका थिए । सभापोखरी –४ नक्लुङ गाउँ पैरेनी र सनेम गाउँ झोलुङ्गे पुलले दुई गाउँ जोडिएपछि स्थानीयसमेत हर्षित बनेका छन् । पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेको मनलाई पनि नजिक बनाएको छ । याक्सुवा खोलामा पुल बनेपछि यस क्षेत्रका नागरिकको दैनिकी नै परिवर्तन गरेको स्थानीय जनम लिम्बुले बतए । यो पुलले हाम्रो जनजीवनलाई सहज बनाएको स्थानीय लिम्बुको भनाइ छ ।

समाज विकास केन्द्र (सोडेक) संखुवासभाको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । उक्त पुलको लम्बाई १ सय पाँच मिटर रहेको छ।पुल पुल निर्माण भएपछि ८१ घरधुरीका ४ सय जना बढी प्रत्यक्ष लाभान्वित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालय संखुवासभाले गत आर्थिक बर्ष ३ वटा झोलुङ्गे पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालय प्रमुख सिं ले बताए ।

त्यस्तै गरी बहुबर्षे आयोजनाबाट एक सडक र एक पुक्की पुल निर्माण सम्पन्न गरिएको छ । पूर्वाधार कार्यालयले गत आर्थिक बर्षमा ५५ वटा आयोजना निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती