एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभामा अध्यक्ष पङ्कज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ ।

हेटौँडामा सम्पन्न विशेष साधारण सभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दै प्रस्तावलाई फेल गराइदिएका हुन् ।

कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात् अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएसँगै अध्यक्ष नेम्वाङको अध्यक्ष पद जोगिएको छ । एक मत बदर भएको छ । मतदान प्रक्रियामा ५३ जनामात्र सहभागी भए प्रस्ताव गर्ने मध्येकै ३४ जनाले मतदान बहिष्कार गरेका छन् ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । तर, अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एकमात्र अजेण्डा साधरणसभामा पेस भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'