काठमाडौँ । बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्।
दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन्।
उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकताअनुसार सहयोग गर्न तत्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)