मुगु सामुहिक हत्याका आरोपी सार्वजनिक

मुग । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको सामुहिक हत्याका दुई जना आरोपी सार्वजनिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो ।

यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो। हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन्। श्रीदेवी गोर्खराजको दिदी-सासूकी छोरी हुन भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

घरमा दशै मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोरा छोरी सहित ८ गते वेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो । हत्याका आरोपी गोपालले कतारमा बैदेशिक रोजगारिमा रहेका म्रुतक श्रीदेविका श्रीमान दिपक बोहोरालाइ आफुलाइ पनि भिसा लगाइदिन २ वर्ष अघि आग्रह गरेका दिपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए ।

त्यही भिसा नमिलाइ दिएको कारण रिस साधेको प्रहरीले बताएको छ । रिस साध्ने र लुटपाट गर्ने दुबै जनाको पूर्वयोजना अनुसार गोर्खराज केही दिन पहिले नै गोपालको घरमा पुगेका थिए । उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको, २०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०-१२ तोला सुन लुटपाट गर्ने योजना बनाइ सोही योजना अनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आइ गोपालको घरमा बसेका ७ गते र ८ राती दिउँसो गोपालको पुरानो गोठमा लुकि बसेको गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किए पछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख डिआइजी भिम प्रसाद ढकाल पत्रकार सम्मेलनमा बताउनु भयो ।

हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरी लुटि लिइ फरार भएका थिए । प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाइ हिँडेका थिए । गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए ।

प्रहरीका अनुसार अनुसन्धान टोलीले नेपालगन्ज उप.महानगरपालिका १८ स्थित कारकादोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराज शाहिले लुकाइ छिपाइ राखेको नगद १ लाख ७९ हजार, निजकै नामको राहदानी, मुगुबाट गएको बसको टिकट फेला पारेको थियो ।

घटनाको अनुसन्धानका लागि सुरुदेखि जिल्ला प्रहरी कार्यालय मुगु प्रहरि नायव उपरिक्षक विरेन्द्र थापाको टोलि र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको २ वटा अनुसन्धान टोलिले घटना स्थल मै खटिएर म्यानुन्ली अनुसन्धान र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलिले प्रविधी अनुसन्धान गरेको थियो ।

म्यानुन्ली र प्रविधी दुबै अनुसन्धानबाट आएको नतिजा केलाई प्रहरीले मुगु सामुहिक हत्याका आरोपी पक्रन सफल भएको थियो ।अनुसन्धानका क्रममा सीआईबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो । अनुसन्धानमा ४ टोलीका १४ सदस्य खटिएका थिए । प्रत्येक टोलिलाई छुट्टाछुट्टै क्षेत्र छुटाएर अनुसन्धानको गरिएको थियो । प्रमुख हत्या आरोपी २ जना सार्वजनिक गरे पनि सामुहिक हत्याको अन्य थप अनुसन्धान जारी रहने डिआइजी ढकालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसमा आज कत्लकी रात : रक्सि, मासु र पैसाले नतिजा उल्टिन सक्छ