समुदायमा आधारित वागीश्वरी कलेजले ठड्यायो ५ करोडको भवन

काठमाडौं । समुदायमा आधारित रहेर सस्तो तथा गुणस्तरीय शिक्षा दिएको भनेर नाम कमाउन सफल बागीश्वरी कलेज ५ करोडभन्दा वढीको आफ्नै भवन बनाउन सफल भएको छ । सरकारको शिक्षा नीतिका कारण विदेशिने क्रम वढेका बेला पनि विद्यार्थीहरुको चाप रहेको कलेजले शुक्रवार एक समारोहका बीच कलेज भवनको उद्घाटन गरेको हो ।

२०७६सालदेखि निर्माण थालेर अहिले सम्पन्न गरेको कलेजले पाँच करोड १४ लाख ९७ हजार पाँच सय ३५ रुपैयाँको लागतमा ५ तल्ले भवन निर्माण गरेको हो ।

भवन निर्माणका लागि आन्तरिक कोषबाट दुई करोड ३६ लाख १० हजार चार सय ५५, बागमती प्रदेशबाट एक करोड ६० लाख ३९ हजार दुई सय ४२, भक्तपुर नगरपालिकाबाट २५ लाख र विश्वविद्यालय अनुदान आयोगबाट ९३ लाख ४७ हजार सात सय ५६ रुपैयाँ प्राप्त भएको कलेजले जनाएको छ ।

कलेजको नयाँ भवनमा बिए, बिबिएस, एमए र एमबिबिएस तहका कक्षा सञ्चालन गराइने कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बताए ।

शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिको उपस्थितिमा कलेज भवनको उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा नेमकिपाका अध्यक्ष बिजुक्छेले नयाँ पुस्तालाई विदेश जानबाट रोक्ने र देशभक्ति जागृत गराउने किसिमको शिक्षा आवश्यक रहेको र यसका लागि कलेज आफैले पनि पहल गर्न सकिने धारणा राखे ।

बिजुक्छेंले पाठ्यक्रम–पाठ्यपुस्तकमा जति राम्रो बनाउने हो त्योभन्दा बढी राम्रो देश विदेशको परिस्थिति’bout जानकार बनाई विद्यार्थीलाई सचेत पारिराख्नुर्नेमा पनि जोड दिएका थिए ।

कलेज व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजले सस्तोमा स्तरीय शिक्षा प्रदान गर्दै निरन्तर प्रगति गरिरहेको जानकारी दिैंदै नेपाली विद्यार्थीहरु विदेसिनुमा विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरु नै दोषी रहेको जिकिर गरे ।

त्रिविका प्राध्यापकहरुले कन्सल्टेन्सीको रकम खाएकै कारण देशका १४४० कलेजमध्ये ५०० कलेज बन्दको स्थितिमा पुगेको आरोप उनको रहेको छ ।

कलेज भवन निर्माण उपभोक्ता एवं अनुगमन समितिका संयोजक ज्ञानसागर प्रजापतिले २०७६ साल मङ्सिर २१ गते शिलान्यास भई २०८० साल असार मसान्तसम्ममा बाग्मती प्रदेश, भक्तपुर नगरपालिका र विश्वविद्यालय अनुदान आयोगबाट दुई करोड अठहत्तर लाख सत्तासी हजार अन्ठानब्बे रुपैया र कलेजको आन्तरिक स्रोतबाट दुई करोड छत्तीस लाख दश हजार चार सय पचपन्न रुपैया खर्च भएको जानकारी दिए ।

भवन उद्घाटन पछि विद्यार्थीहरुले तिहार, छठ र नयाँ वर्षको ११४४ को शुभकामना आदान प्रदानका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी