मेयर रीना साहलाई सोनरनियामा भब्य स्वागत

मधेश प्रदेशका पहिलाे मेयर मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि आज सनिबार मौलापुर नगरपालिकाको सोनरनियामा नगर प्रमुख साहलाई त्यहाँका जनप्रतिनिधी, नेतागण तथा स्थानीय जनताद्वारा उत्साह र उमङ्गका साथ मेयर साहलाई भव्य स्वागत सहित खुशी आदानप्रदान गरेका हुन ।

साथै सोनरनिया मठको अनुगमन समेत गरेका हुन्। हिजो शुक्रबार मात्र नगर प्रमुख साहलाई सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थिएँ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रवार यस्तो आदेश गरेको हो ।

नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिनाकुमारी साहको पद यसअघि निलम्बन गरेको थियो ।‘निवेदिकालाई नगद प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचना समेत हाललाई कार्यान्वयन नगर्नु नगराउनु र निज निवेदिकालाई पूर्ववत् रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत् कामकारबाही गर्न दिनु भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’, सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।

साथै यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगरमा धनराज २७ सय मतले अगाडी