‘पशुपति प्रसाद–३’को निर्माण घोषणा

काठमाडौं । दसैंको फूलपातीमा रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद–२ ः भष्मे डन’को तीन साताको व्यापार विवरण सार्वजनिक गरिएको छ । यो सिनेमा अझै पनि काठमाडौं र मोफसलका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र अहिले चौथो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले तीन सातामा ८ करोड हाराहारीको व्यापार गरेको वितरक कम्पनी डीसीएनका प्रमुख अशोक शर्माले जानकारी गराएका छन् । यो चलचित्रले रिलिज भएको पहिलो साता बम्पर व्यापार गरेको भए पनि दर्शकको ‘माउथ पब्लिसिटी’ कमजोर भएका कारण दोस्रोे साता औसत व्यापार रह्यो । निर्माण टिमले यो चलचित्रले नेपालमा ३० करोड हाराहारीको व्यापार गर्ने आशा गरे पनि त्यसको एकचौथाइ मात्र व्यापार भएको छ ।

पैसा कमाउन मात्र आफूहरूले यो चलचित्र निर्माण नगरेको निर्देशक दीपेन्द्र के खनालले बताएका छन्, ‘पैसा मात्र ठूलो कुरा होइन । पैसा मात्रै भनेको भए हामीले धेरै पहिला नै फिल्म बनाइसक्थ्यौं । सात वर्ष लाग्ने थिएन ।’ पशुपति प्रसादलाई धेरै सस्तोमा बनाएर धेरै मुनाफा कमाउनेतिर लाने अवसर हुँदा पनि आफूहरूले महँगो बजेटमा यो फिल्म बनाएको पनि उनले बताएका छन् । आफूहरूले फिल्म बनाउने बेलादेखि नै दर्शकलाई ढाट्नुहुँदैन भनेर कुनै कुरामा सम्झौता नगरेको पनि उनले बताएका छन् ।

‘हामीले दोस्रो सिक्वेल बनाउन हतार गरेका हैनौं । अहिले पनि त्यो फिल्म हेरेर बहस नै गर्ने हो भने पनि हामी तयार छौं । किनकि, त्यहाँ हाम्रो दृष्टिकोण छ । तर, कति कुराहरू दर्शकसँग नमिल्ने रैछ,’ उनी भन्छन्, ‘पशुपति प्रसाद’ भन्ने फिल्म ताजै भएकाले त्यही दृष्टिकोणले ‘भष्मे डन’ हेर्न आउँदा चित्त नबुझेको हुन सक्छ । तर, ‘पशुपति प्रसाद’ र ‘भष्मे डन’ भनेका विपरीत ध्रुवका हुन् ।’

यो चलचित्रले तेस्रो साता पूरा गरेको अवसरमा निर्माण पक्षले शुभकामना कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा उनीहरूले ‘पशुपति प्रसाद–३’को निर्माण घोषणा पनि उनीहरूले गरेका छन्, ‘पशुपति प्रसादमा सुरु गरेको कथालाई अन्त्य पनि गर्नुपर्छ भन्ने सोचले ‘पशुपति प्रसाद–३’ बनाउन लागेको उनीहरूले बताएका छन्,‘हामीले पशुपति प्रसाद–२ मा जुन कथा छाडेका थियौं, त्यसको अन्त्य पनि हामीले नै गर्नुपर्ने जिम्मेवारी हुन्छ । दर्शकले पनि त्यो कथाको अन्त्य खोजिरहेका छन्,’ निर्देशक दीपेन्द्र के खनालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक