कालिकोट । जिल्लामै रगत संकलन केन्द्र नहुँदा आपतकालीन रक्त सञ्चार सेवा दिनुपर्ने बिरामीले सास्ती भोग्नुपरेको छ । गर्भवती र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा परेका छन् ।
रेडक्रस सोसाइटीले रगत संकलन व्यवस्था गर्नुपर्ने भए पनि त्यसो गरिएको छैन । पहाडी जिल्लामा रगत संकलन गरेर सेवा दिन प्रविधियुक्त उपकरण र दक्ष जनशक्तिजस्ता पूर्वाधार जुटाउन समस्या हुँदा व्यवस्था गर्न नसकेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा.संकेत विश्वकर्माले बताए ।
जिल्ला अस्पतालमा एक ब्लड वैंक आवश्यक हुदा मुख्यमन्त्री कार्यलयमा आग्रह गर्दा भौतिक संरचना र जनशक्ति हुनुपर्ने मापदण्ड हुनु पर्ने रैछ । यस विषयमा अहिले हामिले कार्यालयका कर्मचारी र सुरक्षा निकायको सहयोगमा बिरामीको ज्यान जोगाइरहेका छौँ ।
‘रगत संकलन गरेर प्रयोगमा ल्याउन एकदमै कठिन छ,’ उनले भने, ‘व्यवस्थापन गर्न सहज छैन ।’
अहिले जिल्ला अस्पतालमा केही वर्षअघि देखी रक्तदाता र रगत समूहसहितको नामावली विवरण राखेर आवश्यक पर्दा सीधै फोन गरी बोलाएर उपलब्ध गराउदै आइरहेकबा छौँ डाक्टर विश्वकर्माले भने । अस्पतालसँग समन्वय नहुँदा उक्त योजनाले पनि बिरामी लाभान्वित हुन सकेका छैनन् । बिरामीलाई रगत आवश्यकता परे दाता खोज्नुपर्ने स्थिति रहदा बिरामीको ज्यान जोखिममा रहेको विश्वकर्माको भनाई छ ।
५० शैयाको अस्पताल संचालनमा आइसकेपछी अस्पतालमा ब्लड बैंक स्थापना गर्ने जनस्वास्थ्य अधिकृत कटक महतले बताए । ब्लड बैंक स्थापनाका लागी पहिलेनै पहलकदमी गरिएको हो।’ रगत खपत नहुने र बत्तीको अभावका कारणले पनी स्थापना गर्न नसकिएको उनले बताए। अव विद्युत लाइन पुगेको छ । अस्पतालको शैयापनी थपिएको छ । अस्पताल ५० शैया सहितको सेवा संचालन गरेपछी रगत खपत हुने हुदा ब्लड बंैक स्थापन गर्न सकिने महतले बताए ।
अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताहरुको सहयोगमा रगत प्राप्त गरिरहेका छौँ ।’ रगत समयमा पाउन नसकेमा अन्तै पनी रेफर गर्ने गरेका छौँ। रगतको अभावमा बिरामीको ज्यान भने गएको छैन ।
जिल्ला अस्पतालका रगत संकलनकर्ता पवन आर्चायका अनुसार यो वर्षमा मात्रै दुई सय जनाले रगत दिएका छन। अधिकांश स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनु परेको छ ।
अस्पतालमै ब्लड बंैक भईदिएको भए, ‘जो कोही नागरिकले आफुले रगत दिन्छु भनेपछी माग्न सकिन्थ्यो,’ बिरामीलाई रगत अभाव भएको बेला राता रात रगत खोज्न पर्थेन।’ जतिखेर चाहिएको बेला बिरामीले रगत पाउथ्यो।’ ‘अहिले कुनै बिरामीलाई रगत अभाव भएमा फेसबुक र फोन नगरी बिरामीको ज्यान बचाउन सकिदैन, रगत मिलेमा ठिके भयो नमिलेमा बिरामीको ज्यान समेत जोखिममा हुने गरेको आर्चायले बताए ।
उनका अनुसार सुरक्षाकर्मी र स्वास्थ्य कर्मीले यो वर्षमा दुई सय जनाले रगत दान गरेका छन । अस्पतालकै प्रमुख कटक महतले १३ पटक रगत दान गरिसकेका छन भने,’ ‘स्वास्थ्यकर्मी प्रकास अधिकारीले १० पटक बढी रगत दिइसकेका छन ।रातीको बेला रगत चाहिमा अस्पतालका स्वास्थ्यकर्मीलेनै दिनु पर्ने वाध्यता छ ।
केही वर्षसम्म पृथ्वीबिर रक्तदान फाउण्डेशनको पहलमा रगत अभाव भएमा संकलन गर्ने गरिएको थियो ।’ अहिले पनी फाउण्डेशन र स्वास्थ्य सेवा कार्यालयले निशुल्क रगत उपलब्ध गरी बिरामीको ज्यान जोगाउदै आएको आचार्यको भनाई छ
तत्काल रगत उपलब्ध गराउने व्यवस्था नहुँदा गम्भीर प्रकृतिका बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छ । संकलन केन्द्र नहुँदा बिरामी उपचार कक्षमा छाडेर रगत खोजीमा हारगुहार माग्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । सदरमुकामको अवस्था दयनीय हुँदा दुर्गम गाउँका बिरामीलाई झनै सास्ती छ ।
आर्थिक रूपमा सक्षम समुदायले हेलिकप्टर चार्टर्ड गरेर सहरका सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्छन् । तर पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको यहाँका नागरिक बताउँछन ।
बैंक स्थापना पछी रगत खपत नहुने र बिद्युतको नियमित आपुर्ती नभएकाले ब्लड बंैक स्थापना गर्न नसकिएको नेपाल रेडक्रसले जनाएको छ । जिल्लामा ब्लड बैंक स्थापना गर्ने अधिकार नेपाल रेडक्रसलाई हुने गरेको छ ।