माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

पोखरा । कुलोमा करेन्ट लगाएर माछा मार्नेक्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा २९ बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकले जनाए । डिएसपी बिकका अनुसार सुनार दम्पती मुस्ताङ स्थायी घर भई हाल पट्नेरीमा बस्दै आएका थिए ।

दिउँसो करिब ४ बजे माछा मार्न तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको हो । पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जलकुम्भी कुलो भनिने उक्त कुलोमा बेलाबखत मानिसहरु माछा मार्ने गरेकोमा सोमबार अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गरे । उक्त कुलो नजिकैको भीरको पहरा मुल फुटी बहने गर्दछ ।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु