रविन तामाङको सम्झनामा कन्सर्ट

काठमाडौं । रविनको ब्यान्ड ‘रविन एन्ड द न्यु रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । दिवंगत कलाकार, संगीतकार तथा गायक रविन तामाङको सम्झनामा यो प्रस्तुति गर्न लागेको हो ।

गायक रविनको निधनपछि ब्यान्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति गर्न लागेको आयोजक पक्षले जनाएको छ । गायक रविनको गत जुलाई ४ मा निधन भएको थियो ।

कार्यक्रममा सांगीतिक ब्यान्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुरअन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो । पोजेटिभ भाइस इन्टरटेनमेन्ट नेटवर्क (पीभीई)को प्रस्तुतिमा यो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा रविन एन्ड द न्यु रिभोल्युसनका सदस्यसँग मिलेर अन्य गायकले ‘नेपाल’, ‘भूलमा भुल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् । ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित गीत ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्रपारि’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई