घाँटीमा प्रदूषणको घण्टी

विषय प्रवेश
भारतको दिल्ली प्रदूषणको चपेटामा परेको छ । एक्यूआई ४ सय ८२ मापन भइरहँदा सवारीसाधनमा जोर बिजोर प्रणाली, विद्यालय बन्द भएको अवस्था छ । नोभेम्बरदेखि फेब्रुअरीसम्मको समय बढी जाडो हुने, वर्षा न्यून हुने भएकाले प्रदूषण वृद्धि हुने गर्छ भने दिल्लीले त कृत्रिम वर्षा गराउने पनि भनेको छ । प्रदूषणमा हामी पनि कम छैनौं संसारकै अब्बलमा पर्छौं । ‘वात’ भन्नाले हावा र ‘आवरण’ भन्नाले त्यसको ढकनी भने बुझिन्छ । वात र आवरण शब्दले वातावरण भनौं हामी वरिपरिको हावा भन्ने बुझिन्छ, जुन तीव्र रूपमा प्रदूषित भएको छ । संविधानले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएनुसार प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । त्यस्तै, वातावरणीय प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबापत कानुनबमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ ।

विकाससम्बन्धी कार्य र वातावरणबीच सन्तुलन गरिने पनि उल्लेख छ । प्रदूषणमुक्त वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्ने हुन्छ । वायु प्रदूषणका कारण वृद्ध, बालबालिका, गर्भवती महिलाहरू बढी आक्रान्त हुने गर्छन् । दम रोग, फोक्सो, मुटु, मस्तिष्क, क्यान्सरको समस्या, दीर्घ रोगीहरूका लागि त प्रदूषण घातक नै हो, झन् कोरोना र डेंगुपछि मानव स्वास्थ्य थप कमजोर छ । उद्योग, कल, कारखानाको धूलो, पुराना गाडी, मान्छेको भीड, खुला ढल, हाम्रो बाटोको अवस्थाले प्रदूषणको यथार्थ अवस्था देखिन्छ भने जाजरकोटको पछिल्लो भूकम्पले सबैको मन थर्काएको छ ।

राजधानी काठमाडौंको अवस्था
बालेनले काठमाडौंलाई सिँगार्दै छन् । पहिलेको तुलनामा केही सुधार पनि छ । नयाँ वर्ष २०८० प्रवेशसँगै राजधानी काठमाडौं वायु प्रदूषणमा संसारमा एक नम्बरमा परेको थियो । उपत्यकाको हावाको मापन भनौं एयर क्वालिटी इन्डेक्स २ सय नाघेको हो । साँच्चै राजधानीका अस्पतालहरू खचाखच भए, वीर अस्पताललगायतका उपत्यकाका अस्पतालहरूमा रोगीको संख्या बढेको थियोे । काठमाडौं, पोखराका विमानहरू उड्न सकेनन् । पोखराको भिजिविलिटी समस्याले मुलुकको पर्यटन क्षेत्र मारमा परेको थियो । स्ददेशभित्रै करिब डेढ सय स्थानमा भएको डँढेलो, भारत उत्तर प्रदेशमा भएको गहुँको भुसको धुवाँको असर, सडकको धुवाँधूलो, अव्यवस्थित फोहोर, पश्चिमी क्षेत्रबाट कम वायुको गति, हिउँदमा वर्षा नहुँदा काठमाडौं उपत्यकालगायत पूर्वीक्षेत्रमा वायुको गुणस्तरमा कमी भएको हो ।

श्वास प्रश्वासमा समस्या, दम, रूघाखोकी, मस्तिस्कको पीडा, पक्षाघात, मुटुको समस्या, बालबालिकामा निमोनिया, गर्भवतीहरूमा थप पीडा र वृद्धवृद्धाहरूको स्वास्थ्यमा धेरै समस्या देखियो, अब यसको पुनरावृत्ति हुने समय नजिक आइसकेको छ । यो समस्या नवीन होइन सन् २०१९ मै पनि यसैकारण यहाँ ४२ हजारको ज्यान गएको, त्यसमा १९ प्रतिशत भने ५ वर्षमुनिका बालबालिका रहेका र २७ प्रतिशत बढी ७० वर्ष उमेर समूहका रहेको एक अध्ययनले देखाएको थियो । विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तरको मात्रा तोकेको तर तोकिएकोभन्दा २५ गुणा खराक भएको काठमाडौंको वायुको गुणस्तर विश्वमै पहिलो भएकोे थियो ।

वातावरण विभागले मुलुकभर १ सय ४० स्थानमा डढेलो लागेको बारा, पर्सा, चितवन, काठमाडौंलगायत पूर्वी क्षेत्रमा वातावरण असहज भएको भन्यो, तर एक नम्बर भन्न उसले स्विकारेन । त्यसो त दक्षिण एसियामा सबैभन्दा प्रदूषणको समस्या छ, त्यसमा पनि भारतको दिल्लीलगायत अन्य केही भाग, अन्य क्षेत्र ढाका, हनोई, बैंकक जस्ता सहरहरू बढी मारमा छन् । विश्वका १ सय १ सहरको वायुको मात्रा मापन गर्दा हाम्रो राजधानी काठमाडौंले अग्रणी स्थान ओगटेको थियो । अहिले दिल्ली प्रदूषित हुनुमा हरियाणा र पञ्जावको पराल जलाउने कार्य भनिएको छ । यसमा सवारीसाधन त हुने नै भए ।

राज्यको नीति
प्राकृतिक वातावरणको संरक्षण, पुनस्र्थापन र बुद्धिमतापूर्ण उपयोगमा जोड दिने, सहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसहरूलाई बाँच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन गर्ने मूल उद्देश्य लिएर विगतका योजनाहरू प्रस्तुत भए । छैठौं पञ्चवर्षीय योजना अवधिदेखि नै वातावरणप्रति सचेत हुँदै आएको हो । मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दैै दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै आएको हो ।

राजधानी काठमाडौं उपत्यकाको वायुको गुणस्तर स्वीकृत मापदण्डभित्र छैन

वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो, तर काम भने कर्मकाण्डी मात्रै भयो । सहस्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेन्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता भनियो । स्थानीयस्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, जिविसहरूले योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्पm प्राथमिक तहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठनपाठन चालू भएर राष्ट्रियस्तरमा उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट गरिने भनियो । तर, जति नीति र योजना बने, मुलुक भने पछिल्तिर धकेलिएको छ ।

अतीततिर
गत वर्ष वायु प्रदूषणले आक्रान्त बनाउँदा दिल्लीमा संकटकाल घोषणा गरियो । त्यहाँको भन्दा प्रदूषणको मात्रा यहाँ बढी देखिएको थियो । यसबाट स्पष्ट हुन्छ हाम्रो स्वास्थ्यको स्थिति नाजुक छ । साँच्चै विश्वका ५० सहरमध्ये काठमाडौं प्रदूषणमा पहिलो श्रेणीमा छ । विगतको अध्ययनले पनि बताएको थियो, यहाँ बढी समस्या छ । वातावरण विभागकै भनाइमा पनि मुलुकमा वायु प्रदूषण उच्च छ । काठमाडौं मात्रै नभएर पूर्वको विराटनगर, पश्चिमको नेपालगन्ज पनि उस्तै छ । विगत २२ पुसमा २४ घण्टाको प्रदूषण मापन गर्दा रत्नपार्कमा ४ सय ४१ यूपीजीएम, विराटनगरमा ३ सय ६६, भैंसेपाटीमा ३ सय ३१ र जनकपुर, चितवन, हेटौंडा, दाङ, पोखराको स्थिति पनि त्यस्तै थियो । मंसिर, पुस, माघमा हामीकहाँ वायु प्रदूषण तीव्र हुन्छ । पानी नपर्दा यो भयावह नै हुन्छ । वातावरणकै कारण मुटु रोग, स्ट्रोक, फोक्सो आदिका समस्याले बर्सेनि संसारमा ७० लाख मानिसले ज्यान गुमाइरहेका छन् ।

हामीले सास फेर्ने वायुमण्डलमा आँखाले देख्न नसकिने धूलाका कणहरू हुन्छन् । विश्व स्वास्थ्य संगठनले पीएम भनौं पार्टिकुलेट म्याटर २ अनुपात ५ को मात्रा प्रतिघनमिटर २५ सम्म सामान्य मानेको छ । तर, संसारभरि उसले यसलाई १० मा झार्ने प्रयास गरेको छ । हाम्रो सरकारी मापदण्ड ४० हो । तर, राजधानी काठमाडौं उपत्यकाको वायुको गुणस्तर स्वीकृत मापदण्डभित्र छैन । त्यसो त विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढीमै संसारका झन्डै ९३ प्रतिशत मानिस बाँच्न बाध्य छन् । विश्वका विभिन्न ९८ प्र्रदूषणयुक्त मुलुकमध्ये नेपाल आठौं स्थानमा छ । विश्वकै ९५ प्रदूषित सहरमध्ये काठमाडौं सहर २२औं स्थानमा छ ।

प्रदूषण नियन्त्रणकै लागि यूरो ४ का गाडी भिœयाउने, ५ वर्षभित्र १० स्थानमा विद्युतीय रिक्सा सञ्चालन गर्ने, विद्युत् चार्जका लागि मोबाइल स्टेसनहरू स्थापना गर्ने, इँटालगायत अन्य उद्योगहरूका चिम्नीलाई प्रदूषणरहित बनाउने विभिन्न कार्ययोजना पनि रहेको हो तर काम भएन । निगमले बेच्ने गरेको इन्धनबाट प्रदूषण कर भनी उपभोक्ताबाट लिएको अर्बौं रकम खर्च भएको छैन ।

सम्भावनाहरू
वातावरण सन्तुलित र संरक्षित हुन वनजंगल संरक्षित हुनुपर्छ । ‘नेपालको धन हरियो वन’ भन्ने उखान नै छ । पंक्तिकारले यही तिहारमा काठमाडौंका आसपास नुवाकोट, रसुवा सिन्धुपाल्चोक भनौं काठमाडौं निकटका पहाडी क्षेत्रमा घुम्दैगर्दा प्रकृतिको प्यारोस्थल नेपालप्रति अभैm आशा बाँकी रहेको निष्कर्ष निकालेको छ । विगतमा आमनिर्वाचन, आवास, पुनर्वास वा अन्य कारणले वन फँडानी धेरै भए । भू–धरातल, माटो, हावापानीले तत्तत् क्षेत्रको वन वनस्पतिलाई प्रभाव पार्ने हुन्छ । पूर्वदेखि पश्चिमसम्म समानान्तर रहेको पहिले चार कोससम्म फैलिएको तराई, भावर, चुरे, दुनपर्वतको १ हजार २ सय मिटरसम्मको उचाइमा रहेको उष्ण प्रदेशीय जंगल चारकोसे वनजंगल हो, हाम्रो । यस क्षेत्रमा गर्मी बढी र वर्षा पनि बढी नै हुन्छ । यहाँ कार्बन बुटेनहरू मोटा, बलिया, अग्ला सदावहार हराभरा हुन्छन् ।

यस क्षेत्रमा साल, सिसौ, सिमल, खयर, ढड्डी, गोंज, सार्व आदि धैरै छन् । चुरेको माथिल्लो र मध्य भाग एवं महाभारतको तल्लो भागलाई पतझर जंगलले चिनिन्छ । १ हजार २ सय मिटरदेखि २ हजार १ सय मिटरसम्मको यसको क्षेत्र हो । यसको मथिल्लो भाग बढी चिसो हुने गर्छ, तुसारो पर्छ । धेरै पातपतिङ्गर झर्ने गर्छन् । कडा र नरम दुवैखालका वृक्षहरू छन्, यहाँ । साल, सल्लो, दिनदारू, ओखर, कटुस, चाँप, लाँकुरी, पलाँस, पीपल, चिलाउने, गुराँस, वर, सिमल, उत्तीस, बाँस, चोप यहाँ धेरै छन् । माथि भनिएको सदावहार चारकोसे झाडीका रूखभन्दा यी कम गुणस्तरका छन् । सधै चिसो भइरहने हिमपात भइरहने क्षेत्र हो यो । २ हजार १ सय १ देखि ३ हजार ३ सय ५० मिटरसम्मको उचाइ, महाभारतको माथिल्लो क्षेत्र, हिमाली क्षेत्रको तल्लो भाग यसमा पर्छ । यहाँको माटो सेपिलो छ । नरम खालका रूखहरू, सिमल, धुपी, उत्तीस, बाँस, गुराँस चिलाउने, बेतबाँस, भोजपत्र धेरै पाइन्छन्, यहाँ । चुरे दोहन गर्न दिनुहुन्न । तर, सरकार आपैmले यसमा खुला गरेको आभास हुँदै छ, केही वर्ष अघिदेखि ।

काठमाडौंको धुवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको अवस्था हेर्दा जोकोहीलाई पीडा र छट्पटाहट हुन्छ । इँटाभट्टाहरू कम भए पनि ढुंगाखानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या छ । ढुंगाखानीका कारण पानीका मुहान सुकेको, वनक्षेत्र अतिक्रमण भएको छ । गाउँमा पानीको मुहान सुक्नाले जनताको जीवन पीडाग्रस्त भएको छ । राजधानी काठमाडौंकै मुटु मुख्य नदीहरूमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौं थप जटिल हुनेछ । नदी खोल्न राजधानी काठमाडौंका नगरप्रमुुख बालेनलाई हम्मेहम्मे परेको छ । अव्यवस्थित सहरीकरण, सिमेन्टका खम्बाभैm भवनहरू र ती भवनमा रहने मानिसहरूबाट निष्कासन भएको प्रदूषणका कारण काठमाडौंको स्रोतभूमिको पानी प्रदूषित बनेको छ । नदीहरूमा अक्सिजन शून्य छ । हिउँदमा मात्र होइन वर्षायाममा पनि यी नदीहरूमा अब पानी होइन ढल मात्र बग्छन् । अक्सिजन नहुँदा पनि बाँच्ने काइरोनोमिड र ओलिजोकेड जीव मात्र यहाँ बाँकी रहेको छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोगयोग्य हुँदैन । सहायक नदीहरू पनि सबै यस्तै हुने क्रममा छन् !

अन्त्यमा
गुटरेसको भ्रमणमा सनसनी पैmलियो । किन आए यहाँ भनेर, जैविक प्रजातिका दृष्टिले विश्वको शून्य दशमलव शून्यशून्य ३ र एसियाको शून्य दशमलव ३ प्रतिशत भूभाग मात्र नेपालले ओगटेको छ । तराईको समथरक्षेत्र ६० मिटरदेखि सर्वोच्च शिखर सगरमाथा १ सय ९३ माइलसम्म र पूर्वपश्चिम ८ सय ८५ माइल भूभाग रहेको नेपालमा ५ किसिमको भौगोलिक वातारण पाइन्छ । त्यस्तै, ३५ किसिमको वन क्षेत्र, १३ किसिमको हावापानीले गर्दा जैविक विविधताको प्रचुर सम्भावना पछि छ, यहाँ † पूर्वको ताप्लेजुङदेखि पश्चिमसम्म लमतन्न पैmलिएको झन्डै ३ हजार किमि भूभागमा सधै सेता हिमाल देखिन्छन् भने दक्षिणतिर पैmलिएका समथर जमिन त्यसबीचमा पर्ने पहाड, खोला, थुम्का, उपत्यका, पतझर र कोणधारी जंगलले गर्दा मुलुकको शोभा थप रमणीय छ । फलस्वरूप विश्वमानचित्रमै नेपाल सुन्दर रहेकाले विश्वकै लागि पर्यटकीयस्थल पनि बन्न पुगेको छ । विविध हावापानी र विविध जाति प्रजातिका जीवजन्तुको बासस्थान रहेको हाम्रो मुलुकको सौन्दर्यमा विगत केही सयमयतादेखि नकारात्मक परिदृश्यहरू देखापर्न थालेका छन्, यो दुःखको कुरो हो ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण