पोखरा । पोखरा–८ नागढुंगास्थित एक होटलमा बसेकी एक युवतीको मृत्यु भएको छ । गएराति युनिक होटलमा बसेकी तनहुँ भीमादकी ३८ वर्षीया सुकु विकको मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार घटना केही शंकास्पद रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति ७ बजे होटलमा बसेकी सुकुलाई होटल साहुनीले अचेत देखेपछि तत्काल चरक मेमोरियल अस्पताल लगिएको थियो । चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।
प्रहरीका अनुसार सुकु नागढुंगाकै शिला रेष्टुरेष्टमा २ वर्षदेखि काम गर्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले घटना शंकास्पद भएको भन्दै अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जनाए । शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)