काठमाडौँ । काठमाडौँमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ । बल्खु चोकमा ढुंगा हानाहान भएको हो । तीनकुनेमा हुने प्रदर्शनका लागि युवा संघका कार्यकर्ता मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका थिए ।
सोही क्रममा बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूहसँग ढुंगा हानाहान भएको हो । अहिले बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । प्रदर्शन स्थल तीनकुने र बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आउने क्रम शुरु भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)