वडाध्यक्षलाई साढे ४ महिना जेल सजाय

पोखरा । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा पोखरा वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना जेल सजाय र ७५ हजार रुपैयाँ जरिवाना फैसला सुनाइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई साढे ४ महिना जेल सजाय र ७५ हजार जरिवानासहितको फैसला सुनाएको हो । गत वर्ष माघ ९ मा उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

गत वर्ष पोखरा २४ का वडा सदस्य मैयाँ नेपालीले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा आफ्नै वडाध्यक्ष अधिकारीलाई कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८

को दफा ७(१) क अनुसार उक्त कसूरमा ३ महिना कैद तथा ५० हजारसम्म जरिवाना हुने उल्लेख भए पनि सार्वजनिक पद धारण गरेको व्यक्ति (जनप्रतिनिधि) भएकाले उनलाई ५० प्रतिशत बढी कैद तथा जरिवाना हुने व्यवस्था छ । साथै पीडित महिलालाई १० हजार क्षतिपूर्ति भराउनु पर्नेछ ।

अधिकारी स्थानीय तह निर्वाचन, २०७९ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । वडाका अन्य ४ सदस्य नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 464 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्