टाईगर ३ सुस्ताउँदा ३०० करोड पुग्न गाह्रो

मुम्बई । बलिउड अभिनेता सलमान खानको महत्वकाँक्षी फिल्म ‘टाइगर ३’ ले शाहरुख खानको पछिल्ला फिल्मको रेकर्ड तोड्न सकेन । यो फिल्मले रिलिजको समयमा धेरै रेकर्ड तोडेको थियो तर समयसँगै यो फिल्मको गति सुस्त हुँदै गइरहेको छ । टाइगर ३ को बजेट करिब ३ सय करोड रहेको बताइएको छ । अहिलेको व्यापार हेर्दा टाईगर ३ बल्ल ब्रेक इभेनमा रहेको छ ।

प्रारम्भिक बक्स अफिस कलेक्सन डाटा अनुसार टाइगर ३ ले १० औं दिन मंगलबार ६.३५ करोडको मात्र व्यापार गरेको छ । यो फिल्मले रिलिज भएको १० औं दिनमा भारतमा कुल २६३.६० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । यो अवधिमा टाईगर ३ ले ३ सय करोड व्यापार गर्ने अनुमान गरिएको थियो । तर पछिल्ला दिनमा फिल्मको व्यापार सुस्ताएको छ ।

यस्तै यो चलचित्रले विश्वव्यापी रुपमा हालसम्म ३८४.४५ को व्यापार गरेको छ । यो फिल्मले चार सय करोड व्यापार पु¥याउन निकै समय लाग्ने छ । इन्डिया ग्रसको कुरा गर्दा कलेक्सन २८४.४५ रहेको छ । तर, डिसेम्बर १ मा रिलिज हुन लागेको सामबहादुर र एनिमलले भने चलचित्रमा प्रभाव पार्न सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै