कालो मोसो र जुत्ताको मालामा अभिनेत्री मलिका

काठमाडौं । चलचित्र पत्रकार लक्ष्मण सुवेदीले आफ्नो निर्देशनमा नयाँ चलचित्र ‘सतीदेवी’ तयार गरेका छन् । यो चलचित्रको उनले हरिबोदनी एकदशीको अबर पारेर बिहिबार उनले यो चलचित्रको फर्स्टलुक (पोस्टर( सार्वजनिक गरिएको छ । फस्ट लुक्समा अभिनेत्री मलिका महतलाई मात्र प्रस्तुत गरिएको छ । अभिनेत्री मलिकालाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । गाउँको परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरले फिल्म महिला केन्द्रित रहेको बुझाउँछ ।

फिल्ममा मलिकाका साथै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ । फिल्मको कथा भने मलिकामाथि केन्द्रित छ ।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पार्श्व संगीत रहेको ‘सतीदेवी’मा दिलासा र साराको प्रस्तुति छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।

‘मलिकालाई पोस्टरमा जुन रुपमा प्रस्तुत गरिएको छ, त्यसले फिल्मप्रति दर्शकमा राम्रो उत्सुकता जगाउन सक्ने छ ।’ लक्ष्मणले राजधानीसँगभ भने । निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको फिल्ममा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित