जुनेली बनेर रँगेलीमा उत्रिदै मिरुना

काठमाडौं । आगामी २५ फागुनमा पाँच वटा नेपाली चलचित्र रिलिजको घोषणा गरिएको छ । ती पाँच वटै चलचित्र अहिलेबाट प्रचार प्रसार उत्रिएका छन् । महाशिवरात्रिको दिन पर्ने भएकाले पाँच चलचित्र एकसाथ रिलिज हुन लागेको हुन् । पहिलो आफुले रिलिजको घोषणा गरेपछि अरु जुध्न आएको चलचित्र रँगेलीका निर्माताले बताएका छन् ।

यसै क्रममा चलचित्र रँगेलीको फस्ट लुक्स रिलिज गरिएको छ । अभिनेत्री मिरुना मगर यो चलचित्रमा जुनकिरी बनेकी छिन् । जुनकिरीको रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरिएको पनि निर्माण पक्षले जनाएको छ ।

कबड्डी ४, जारी, नाँगो गाउँ जस्ता एकपछि अर्को हिट फिल्म दिएकी मिरुना यो चलचित्रमा आफ्नो जुनेरी चलचित्र दर्शकका लागि नयाँ हुन सक्ने दाबी गर्छिन । यो लचित्र निर्देशक अर्जुन सुवेदीले पनि मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने दाबी गरेका छन् ।चलचित्रमा सुवेदीकै लेखन रहेको छ ।

रँगेलीमा मिरुनासँगै दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । यस्तै जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ’लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा