माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतियोगी

पोखरा । पोखरामा बिहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ देशका ५५ जना प्रतियोगीले भाग लिएका छन् ।

प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिंगापुरका प्रतियोगी वेलसोन लोलाई नम्बर प्लेट दियर उद्घाटन गरे । उनले प्रतियोगितालाई निरन्तरता दिन महानगरले आवश्यक सहयोग गर्ने बताउए । केही दिन अघि आफँै फिल्डमा आएर बुझ्दा उक्त अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको लागि निकै उपयुक्त स्थान भएको दाबी गर्दै उनले यसबाट पोखरा १३ सहित समग्र पोखरा क्षेत्रको सहासिक खेल पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

केही वर्षअघि फेवाताल पारि रानीवनमा भएकोले प्रतियोगिता वातावरण र प्राविाधिक हिसाबले पोखरा १३ मा उपयुक्त हुने भन्दै सारिएको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए ।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछ । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको रेस डाइरेक्टर शर्माको दाबी छ । इलिट पुरुषतर्फ विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार तथा तेस्रोेलाई २० हजार प्रदान गरिने छ । महिलातर्फ सोही इभेन्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रोलाई १५ हजार प्रदान गनिरे भएको छ ।

डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले खेलकुद र पर्यटनलाई टेवा पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भइसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी हुने उनले बताए ।

पहिलो २ दिन अभ्यास खेल हुनेछ भने अन्तिम दिन फाइनल चरण हुनेछ । समुनद्री सतहबाट १३६० मिटर उचाइको आर्वाविजय डाँडामा सुरु प्रतियोगिताको लागि ५ रुट बनाइएको छ । प्रतियोगिताले आगामी दिनमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङप्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो