भारतमा एक युवकले आफ्नै घाँटी काटेर मातालाई बलिदिए पछि….

नयाँदिल्ली । झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे, उनले पहिले पूजा गरे त्यसपछि युवकले घाँटी मातालाई अर्पण गरेर आफैंलाई बलिदिने प्रयास गरे । 

युवकले घाँटी काटेको खबर प्राप्त हुनासाथ त्यस क्षेत्रमा सनसनी मच्चियो । त्यसपछि युवकलाई हेर्न मन्दिरमा ठूलै भीड जम्मा भयो । घटना’bout स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।

त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए ।

वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन् । नीरज नाम गरेका युवक भएको प्रहरीले जनाएको छ । नीरज राईकवार भानगुवा निवासी हुन् । घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते युवकले देवीले आफूसँग बलि मागेको बताएका छन् । युवकको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित