अदालतको अबहेलना गदै गुजरा नगरपालिका

रौतहट । रौतहटको गुजरा नगरपालिकाले अदालतको अबहेलना गरेको पाइएको छ । निलम्बनमा रहेका गुजरा नगरपालिकाका कार्यपालिका सदस्य बिजय साह बनियालाइ उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको संयुक्त इजलासले सोही पदमा बहाली गराउनु भन्दा पनि नगरपालिकाले पद बहाली नगरेपछि अदालतको अबहेलना गरेको पाइएको हो ।

कार्यपालिकाबाट नै कार्यपालिका सदस्य निलम्बित

निलम्बीत कार्यपालिका सदस्य बनिया सहितको नेपाली कांग्रेस गुजरा नगरपालिकाको नगर समितिले शुक्रबार सोही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारीलाइ पद बहालीको माग राख्दै ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेसका गुजरा नगर कमिटि सभापति कुमार प्रसाद चौलागाइले आजको मिति देखि ७ दिनभित्रमा कार्यपालिका सदस्य विजय साह वनियालाई सोही पदमा बहाली नगराए अनिश्चितकालसम्म संघर्ष तथा तालाबन्दी गर्ने बताए ।

अदालत भन्दा ठुलो कार्यपालिका नहुने भन्दै बनियालाइ तुरुन्त कार्यपालिका सदस्यमा पद पुर्नबहाली गर्न नगर सभापति चौलागाईले माग गरे । अदालतको पनि अबहेलना गर्नु र्दुभाग्य भएको ज्ञापन पत्र बुझाउन गएका नेपाली कांग्रेसका जिल्ला कमिटि सहसचिब फिरोज आलमले बताएका छन ।

ज्ञापन पत्र बुझदै प्रमुख प्रशासकिय अधिकृत अधिकारीले आफुले नगर प्रमुखको आदेश मात्रै मान्ने बताए । कानुन भन्दा पनि मेयरको आदेश अनुसार नै आफुले काम गर्ने उनको भनाइ थियो ।

अहिले सम्म प्रमुख प्रशासकिय अधिकृत सुबेदीले कुनै पनि कार्यपालिका बैठकमा नबोलाएको बनियाले गुनासो गरेका छन । सोही पदमा बहाली गर्न उच्च अदालतले २०७९ चैत्र ९ गते नै आदेश दिएको थियो ।

त्यति मात्रै नभएर बनियालाइ कार्यपालिका सदस्य पदमा बहाली गर्न वा उच्च अदालतको आदेश कार्वान्यन गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले गत असार ७ गते पनि गुजरा नगरपालिकालाइ पत्रचार गरेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले २०७९-११-०५ को पत्र कार्यान्वयन नगर्नु नगराउनु र निवेदकलाई कार्यपालिकाको बैठकमा पूर्ववत रुपमा उपस्थित गराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४(१) बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको निलम्बीत कार्यपालिका सदस्य बनियाले जानकारी दिए ।

अदालतमा रिट निवेदक विरुद्ध परेको उजुरी तथा अख्तियारमा परेको उजुरी कै आधारमा निर्वाचीत जनप्रतिनिधिलाई निलम्बन गर्ने अधिकार गुजरा नगरपालिका नगर कार्यापालिकालाई नदेखिएको र त्यस्तो कानूनी व्यवस्था समेत नभएको उक्त आदेशमा उल्लेख गरिएको छ ।

यसैगरी सोही नगरपालिकाकी उप प्रमुख रत्ना लामाले गुजरा नगरपालिकामा नगर प्रमुखको एकलौटी राज्य चलाउने गरेको बताइन । नेपाली कांग्रेसबाट उप प्रमुखमा बिजयी लामाले कानुनले उप प्रमुखलाइ अनुगमन समितिको संयोजक तोकेको भएतापनि नगर प्रमुख चौधरीले आफै संयोजक रहेर आफनो अधिकार खोसेको बताइन । यति मात्रै नभएर नगर प्रमुख चौधरीले कार्यपालिका बैठकमा आफु अनुकुलका सदस्यहरुलाय मात्रै बोलाउने गरेको र म उप प्रमुखलाइ समेत बैठकको जानकारी नदिने गरेको उनले गुनासो गरिन ।

यता सोही नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले मुद्दाको किनारा नलागुन्जेल सम्मको लागी बनिया निलम्बीतमा परेको बताएका छन । कार्यपालिका सदस्य बनियाको मुद्दा चलिरहेको कारण उनलाइ कार्यपालिका बैठकमा बोलाउन नसकेको नगर प्रमुख चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी