बचतकर्ताको ४२ करोड रकम अपचलन गरेको आरोपमा अम्बे बचतका पाँच जना सञ्चालक पक्राउ

इटहरी । सुनसरीको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताहरूको लाखौ रकम अपचलन गरेको अभियोगसहित उनिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल, कुमार आले र एक जनाको नाम गोप्य राखिएको बताइएको छ ।

बचतकर्ताहरूले पटक पटक रकम फिर्ताको माग गर्दै प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय इनरूवामा दबाव मुलक कार्यक्रमहरू गर्दै आएका थिए । बचतकर्ताहरूकै समुहबाट दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलन कार्यक्रमहरू गर्दै आएका थिए ।

सो कार्यालयले जिल्ला प्रसाशन कार्यालयमा उजुरी गरेपछि उनिहरूलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पाचै जनालाई थुनामा राखेर थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अम्बे सहकारीलाई ५ हजार बढी बचतकर्ताहरूको ४२ करोड बढी रकम अपचलन गरेको आरोप छ ।

सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर सेवा सञ्चालन गरिरहेको छ । सहकारीले भने बजारमा लगाएको कर्जा समेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचतकर्ताको रकम फिर्ता गर्न समस्या भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी