पुर्वराजा ज्ञानेन्द्रकाे कार्यक्रममा ‘दुर्गा प्रसाईं- जिन्दावाद’ को नारा

झापा । झापामा पुर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाइको पक्षमा नाराबाजी भएको छ। पुर्ब राजाले यहाँ स्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाइको पक्षमा नाराबाजी भएको हो । ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाइ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् । 

बिर्तामोडमा पूर्वराजालाई भव्य स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो । बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मदनदास श्रेष्ठ, बालेन शाह र सुनिता डंगाेलले काठमाडाैंकाे मेयरमा उम्मेद्वारी दिने