शहीद भीमदत्त पन्तमाथि राप्रपाको वक्रदृष्टि

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार शनिबार बिहानैदेखि बन्द रह्यो । बन्दले सदरमुकाम महेन्द्रनगर बजारबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन तथा अटो रिक्सामा समेत प्रभाव प¥यो ।

राप्रपा कञ्चनपुरको आह्वानमा शुक्रबार दिउँसो महेन्द्रनगरमा आयोजित गणतन्त्रको विरोधसभा नाम दिइएको आन्दोलनमा सहभागी एक समूहले कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त स्मारकमा राखिएको किसान नेता शहीद भीमदत्त पन्तको शालिकमा एक समूहले तोडफोड गरेको थियो । शहीद भीमदत्त पन्तको शालिकमा तोडफोड गरेको घटनामा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएपछि राप्रपा कञ्चनपुरले उनीहरूको निसर्त रिहाइको माग गर्दै बजार बन्द गराएको हो ।

शनिबार बिहान एक समूहले बजारका सबै पसल व्यवसाय बन्द गराएको थियो । यसैबीच, कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त उद्यानमा राखिएको किसान नेता शहीद भीमदत्त पन्तको शालिकमा अराजक समूहले तोडफोड गरेको घटनाको चौतर्फी विरोध भइरहेको छ ।

राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दको आह्वानमा शुक्रबार दिउँसो महेन्द्रनगरमा आयोजित गणतन्त्रको विरोधसभामा सहभागी एक समूहले शहीद भीमदत्त पन्तको शालिकमा तोडफोड गरेको हो । शालिकको स्तम्भमा क्षति पुगेको छ । अर्धकद समेत तोडफोड गर्ने ठुलै प्रयास गरे पनि नफुटेपछि त्यत्तिकै छोडिएको छ ।

यसैबीच अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय समिति कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घोर भत्र्सना तथा निन्दा गरेको छ । साथै त्यस्तो अराजक तथा राष्ट्र र समाजविरोधी गतिविधि गर्ने संस्थाका नेतृत्वकर्ता र व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकार र प्रशासनसँग जोडदार माग गरिएको प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले बताए ।

‘सुदूरपश्चिमी किल्लाबाट राणा शासनको अन्त्यका लागि भएको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान गरेका, कृषि क्रान्तिद्वारा आमूल परिवर्तनका निम्ति अविचलित क्रान्तिकारी योद्धा, दिल्ली सम्झौतालगायत वैदेशिक हस्तक्षेपविरुद्ध देशका लागि जीवन उत्सर्ग गर्ने ती महान् योद्धा शहीद भीमदत्त पन्तको भीमदत्त नगरपालिका–१८ स्थित, स्थानीय पार्कभित्रको शालिक देशद्रोही, प्रतिगामी एवं पुनरुत्थानवादी कुतत्वद्वारा आज दिउँसो १ बजेर ३० मिनेटेको समयमा तोडफोड गरेप्रति प्रतिष्ठानले सिंगो नेपाली जनता (किसान)माथिको आक्रमण र प्रहार हो भन्ने ठहर गरेको छ र यसको घोर भत्र्सना तथा निन्दा प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता