धनगढीका ४ वडामा ‘एकीकृत मोबाइल एप’ सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका चारवटा वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ । जिआइजेटको सहयोगमा धनगढीका उपमहानगरपालका वडा नम्बर ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो ।

एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूर्ण सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्न सक्ने जिआइजेटका जीवन श्रेष्ठले बताए ।

उनका अनुसार पालिकाले कुनै पनि समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका ’boutमा एकीकृत रूपमा जानकारी पाइने बताए। धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताइन् ।

उनले उपमहानगरबाट प्रवाह हुने सेवाका ’boutमा सेवाग्राहीले घरबाटै जानकारी लिन सक्ने व्यवस्था गर्न लागेको बत्ताइन् । उपप्रमुख रानाले पालिकाबाट पाउने सेवासुबिधाका ’boutका जानकारी, पालिका र वडाबाट जारी गरिने सूचना र सेवा ग्राहीले सेवाका ’boutमा गुनासो गर्न सक्ने गरी प्रविधिको विकास गर्न लागि परेको समेत बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रकोट –१ मा गठबन्धनको प्यानल नै विजयी