पाल्पामा न्वागी महोत्सव

पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका ३ भुवनपोखरीमा नयाँ चामल दही खादै सोरठी नाचेर न्वागी महोत्सव मनाइएको छ । कृषकहरूले नयाँ धान घरमा भित्राएपछि रैनादेवीलाई चढाएर खाने पर्वलाई न्वागी भन्ने गरिन्छ ।

महोत्सवमा सहभागीहरू दहि चामल खाने, मगरी ठुलो नाच र सोरठी सहित पञ्चेबाजा र स्थानीय सांस्कृतिक झाँकीमा नाच्ने गरिन्छ ।

न्वागी महोत्सवको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले उद्घाटन गर्नुभएको थियो । पाल्पा, गुल्मी र अर्घाखाँचीका कृषकहरूले नयाँ धानको चामल रैनादेवीलाई चढाएर खाने परम्परालाई न्वागीको रुपमा मान्दै आएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए ।

रैनादेवी क्षेत्रको परम्परागत संस्कृति बचाउन न्वागी महोत्सवले सहयोग पुगेको छ । तान्त्रिक विधिबाट रैनादेवी मन्दिरमा झाँकीहरुले न्वागीको मिति तोक्ने परम्परा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादीले टुंगो लगायो उम्मेदवार