खानेपानी नहुँदा स्याङ्जामा बसाइसराई बढ्दै

अवलोकनमा सांसद : स्याङ्जाको हरिनास गाउँपालिका ६ गिद्धेडाँडामा रहेको खानेपानीको मुल अवलोकन गर्दै गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्याल लगायतको टोली । तस्विर : श्रीकृष्ण सिग्देल/स्याङ्जा

स्याङ्जाको चापाकोट नगरपालिका ६ सामाकोट गाउँ खानेपानीको पर्खाइमा छन् । ४९ बर्ष अगाडी संचालनमा आएको खानेपानी योजना मर्मतसंभारमा तिनैतहका सरकारको चासो नहुँदा खानेपानीको समस्या झेलिरहन बाध्य छन् । घाम लाग्दा मात्रै खानेपानी आउने नत्र पानी नआउने समस्याले बर्षौदिन देखी सहयोगको याचना गरिरहेका छन् ।

घाम लागे पानी, नलागे काकाकुल बन्ने गाउँ

हरेक बर्ष खानेपानीका लागि तिनैतहका सरकारले करोडौ रकम खर्च गरिरहेका छन् । तर पनि खानेपानी समस्या ज्युँका त्युँ रहेका छन् । खानेपानीकै समस्याका कारण गाउँ छाडेर शहरतिर बसाई सर्ने क्रम बढ्दो रहेको केही तथ्याङ्कले देखाइरहेको छ । यस्तै समस्या चापाकोट ६ मगरहरुको मात्रै बस्तीरहेको सामकोट गाउँका बासिन्दाले पनि भोगिरहेका छन् । सौर्य गिद्धेडाँडा सामाकोट खानेपानी योजना मार्फत २०३१ सालमा झण्डै ७ किलोमिटर टाढाको मुलबाट खानेपानी ल्याएर गर्जो टारेका यस गाउँमा अहिले खानेपानीको समस्याले बसाई सर्नेक्रम बढेको छ । तत्कालिन अवस्थामा ७२ घरधुरीका लागि ल्याइएको यो खानेपानी अहिले ४० घरधुरीले प्रयोग गर्दै आएका छन् । तर पनि खानेपानीको समस्या उस्तै रहेको छ ।

सौर्य प्रणालीले मात्रै गर्दा पानी लिफटिङमा समस्या हुँदै आएकाले बिजुलीको पनि व्यवस्था गरिदिन उनीहरुको माग छ । घाम लाग्ने समयसम्म पानी आउन घाम डुबेपछि पानी आउन बन्द हुन्छ स्थानीय देवी रानाले भनिन्,‘पानीकै समस्याले शहरतिर झर्नेक्रम बढेको र शहरतिर जान नसक्ने गाउँमै बसेका छौं ।’ मर्मतसंम्भार र बिजुलीको व्यवस्था गरिदिए मात्रै खानेपानीमा सहज हुने थियो रानाले भनिन् ।

आवश्यकता भन्दा पनि पहुँचका आधारमा खानेपानीका योजना पर्नेगरेको आरोप स्थानीयको छ । सरकारी योजना माग्ने हाम्रो पहुँच नभएकै कारण गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति सांसद भोजराज अर्याल र सांसद कल्पना तिवारीलाई समस्या देखाउन बोलाएको स्थानीय खुमबहादुर थापाले बताए । खानेपानी छ तर गाउँलाई प्रयाप्त पुग्न नसकेको गुनासो उनीहरुको छ । पटक—पटक स्थानीयत तह र प्रदेश सरकार सगँ मर्मत सम्भारका लागि अनुरोध गरेपनि सुनुवाई नभएको गुनासो उनीहरुले गरे । दुवै सांसदद्धय आएपछि खानेपानीको समस्या समाधान हुने विश्वासमा उनीहरु छन् ।

खानेपानीको समस्या रहेको खबरपाएपछि गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्याल र सांसद कल्पना तिवारी सहितको टोलीले अवलोकन गरेका छन् । टोलीले यसको बिशेष योजना बनाएर खानेपानीको व्यवस्थापन मिलाउने प्रतिवद्धता जनाएको स्थानीयले बताएका छन् । हामीले मुलदेखी ट्याङ्की सम्म अवलोकन गरेका छौं गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति अर्यालले भने,‘यसको इन्जिनिरिङ् इस्टिुमेन्ट बनाउन तुरुन्तै पहल गर्नेछौं ।’ इन्जिनियरिङ् इस्टिमेन्ट तयारपछि बजेट निर्धारण गर्नै अर्यालले बताए ।

स्थानीय सरकारले पनि गण्डकी प्रदेश सरकार सगँ खानेपानीको योजनाका लागि पहल भइरहेको जनाएको छ । स्थानीय सरकारसगँ प्रयाप्त आर्थिक साधन श्रोत नहुँदा नागरिकका मागलाई सम्बोधन गर्न नसकिएको चापाकोट नगर प्रमुख देवबहादुर खाँणले बताए । हरेक वडाबाट दुई—दुई वटा योजनाहरु प्रदेश सरकारमा पठाएको नगर प्रमुख खाँणले बताए । प्रदेश सरकारबाट योजनाको सम्बोधन हुनेमा विश्वस्थ रहेको खाँणले बताए ।

सरकारले ल्याएका हरेक योजनामा खानेपानीका बिषयमा बजेट निर्धारण गरेको बजेट सुनाउने गरेको छ । त्यस्ता बजेटहरुले कहाँ काम गरिरहेको छ भन्ने सम्म खबरहरु बाहिर आएका छैनन् । आवश्यकता भएका ठाउँ ओझेलमा पर्दा सामाकोट गाउँजस्ता धेरै गाउँहरु खानेपानीबाट बन्चित हुनुपरेको छ । त्यसैले आवश्यकता र जनताको समस्यालाइृ प्रथामिकतामा राखेर जनतालाई व्यवस्थित खानेपानीको प्रवन्ध मिलाउन सरकारले ध्यान दिन जरुरी देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा